+
+
Shares

दशैं मान्न ससुराली गएका व्यक्तिद्वारा धारिलो हतियार प्रहार, श्रीमतीसहित चारजना घाइते

बस्नेतका अनुसार घाइते अञ्जना नइन्द्रकुमारका श्रीमती हुन् भने स्यामाउन सासु, नरेन्द्र ससुरा र तेनिना साली हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते ९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ आहालेमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन् ।
  • दशैं मान्न ससुराली आएका ४३ वर्षीय नइन्द्रकुमार राईले अन्जना, स्यामाउन, तेनिना र नरेन्द्र राईमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
  • प्रहरीका अनुसार अन्जना र तेनिनाको अवस्था गम्भीर छ र उनीहरूलाई नगर अस्पताल दुर्छिम पठाइएको छ ।
  • धारिलो हतियार प्रहार गर्ने नइन्द्रकुमारलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

९ कात्तिक, काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन् ।

घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई, २५ वर्षीया तेनिना राई र नरेन्द्र राई रहेका छन् ।

दशैं मान्न ससुराली आएका ४३ वर्षीय नइन्द्रकुमार राईले उनीहरूमाथि आक्रमण गरेको खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।

बस्नेतका अनुसार घाइते अञ्जना नइन्द्रकुमारका श्रीमती हुन् भने स्यामाउन सासु, नरेन्द्र ससुरा र तेनिना साली हुन् ।

प्रहरीका अनुसार आक्रमणबाट अन्जना र तेनिनाको अवस्था गम्भीर छ । उनीहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल दुर्छिम पठाइएको छ ।

हतियार प्रहार गर्ने नइन्द्रकुमारलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?