+
+
WC Series
लुम्बिनी लायन्स 2026
0/0
VS
सुदूरपश्चिम रोएल्स 2026
0/0
Shares

दशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना, मानवीय क्षति कति ?

यस वर्षको दशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना गम्भीर घाइते र ७१० जना सामान्य घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यस वर्षको दशैं अवधिमा कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु र ७४६ जना घाइते भएका छन् ।
  • नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार मोरङमा १७० दुर्घटना हुँदा ४ जनाको मृत्यु र २९१ जना घाइते भएका छन् ।
  • दशैं अवधिमा प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४५७ सवारी साधनलाई कारबाही गरी २५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

९ कात्तिक, विराटनगर । यस वर्षको दशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना गम्भीर घाइते र ७१० जना सामान्य घाइते भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार, घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा ४१३ दुर्घटना हुँदा १७ जना पुरुष र दुई बालिकासहित ५ महिलाको मृत्यु भएको हो । यो संख्या अघिल्लो वर्षको तुलनामा कम हो ।

२०८२ सालको दशैं अवधिमा २९१ दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो । ५८ जना गम्भीर र ५०६ जना सामान्य घाइते भएका थिए ।

यो वर्ष दुर्घटना संख्या भने बढी छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक विकास थपलियाका अनुसार प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना मोरङमा भएको छ ।

दशैंभर मोरङमा सबैभन्दा धेरै १७० वटा दुर्घटना भए । यी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २९१ जना घाइते भएका छन् ।

सुनसरीमा ८७ वटा दुर्घटना हुँदा ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ । सुनसरीमा १५६ जना घाइते भएका छन् ।

झापामा ८४ वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो भने १३९ जना घाइते भएका छन् । उदयपुरमा ३३ वटा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । ८९ जना घाइते भएका छन् ।

पहाडी जिल्लातर्फ इलाममा १० दुर्घटनामा २० जना घाइते भएका छन् । पाँचथरमा ७ दुर्घटनामा १२ जना, खोटाङमा ७ दुर्घटनामा ९ जना, ओखलढुंगामा ५ दुर्घटनामा ७ जना, संखुवासभामा ४ दुर्घटनामा ६ जना र ताप्लेजुङमा ३ दुर्घटनामा ६ जना घाइते भएका छन् ।

दशैंको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूमाथि पनि प्रहरीले कडाइ गरेको थियो । नियम मिच्ने २ हजार ४५७ वटा सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ । ती सवारीबाट जरिबाना वापत २५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?