+
+
WC Series
लुम्बिनी लायन्स 2026
0/0
VS
सुदूरपश्चिम रोएल्स 2026
28/2 (4.2)
Shares

कर्णालीमा हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

अहिले जहाज अभावले कर्णाली सहित देशभरिका पहाडी भेगका विमानस्थलमा यात्रु चाप भए पनि नियमित उडान हुन सकेको छैन । 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेशको हवाई उडान सेवाका समस्या र समाधानका उपायबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरोकारवालाबीच छलफल भएको छ ।
  • छलफलमा पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेस’, कर्णाली प्रदेशका मन्त्री, मन्त्रालयका अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र निजी वायुसेवा सञ्चालक सहभागी थिए ।
  • जहाज अभावका कारण कर्णालीसहित देशभरिका पहाडी विमानस्थलमा यात्रु चाप भए पनि नियमित उडान हुन सकेको छैन ।

९ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र समाधानका उपायबारे सरोकारवालाबीच छलफल भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरोकारवालाबीच यस्तो छलफल भएको हो । छलफलमा पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेस’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक  र कर्णालीका पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालन गर्दै आएका निजी वायुसेवा सञ्चालक सहभागी थिए ।

छलफलमा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हवाई उडान सेवा सञ्चालन क्रममा देखिएका समस्या पहिचान गर्दै सेवा प्रभावकारी बनाउने तथा तिनको समाधानका सम्भावित उपायबारे विचार–विमर्श गरिएको मन्त्रालयले जनाएको छ ।

अहिले जहाज अभावले कर्णाली सहित देशभरिका पहाडी भेगका विमानस्थलमा यात्रु चाप भए पनि नियमित उडान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?