News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ बढेर २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
- सोमबार प्रतितोला ३ हजार रुपैयाँ बढेको सुनको मूल्य मंगलबार फेरि बढ्दा बजारमा लगातार उकालो लागेको छ ।
- मंगलबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेर ३ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
१० कात्तिक, काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।
हिजो सोमबार प्रतितोला ३ हजार रुपैयाँ बढेको सुनको मूल्य आज ८ सय रुपैयाँ बढेको हो ।
आज सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सोमबार सुन तोलाको २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ३ हजार ९ सय ७० मा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4