+
+
Shares

देउखुरीको सामुदायिक वनमा ६ बाख्रा मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १२:०६
फाइल तस्वीर

१० कात्तिक, दाङ । दाङ देउखुरीको लमही नगरपालिकामा पर्ने एक सामुदायिक वनभित्र चराउन लगिएका ६ वटा बाख्रा मृत फेला परेका छन् । बाख्रा धनीले चितुवाको आक्रमणबाट ती बाख्रा मरेको बताएका छन् ।

लमही नगरपालिका–३ नारायणपुर निवासी रघुवीर खत्रीले आज बिहान नारायणीश्वर सामुदायिक वनमा ९ वटा बाख्रा चराउन लगेका थिए । तीमध्ये ६ वटालाई चितुवाले मारेको अवस्थामा मृत फेला परे पनि तीनवटा फेला नपरेको खत्रीले बताए ।

पछिल्लो समय देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा जंगली जनावरको गतिविधि बढ्दै गएको भन्दै डिभिजन वन कार्यालय दाङ देउखुरीले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

कार्यालयले जथाभावी वन क्षेत्रमा प्रवेश नगर्न तथा चरिचरणका लागि अनावश्यक रूपमा वन क्षेत्रमा पशुचौपाया नलैजान पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?