+
+
Shares

सिंहदरबारमा सभामुखलाई २० मिनेट भेटेर फर्किए रवि लामिछाने

सभामुखको सचिवालयका अनुसार रास्वपा सभापति लामिछानेसँग सभामुखको करिब २० मिनेट भेट भयो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालसँग करिब २० मिनेट अनौपचारिक भेट गरे ।
  • यसअघि बुधबार उनले प्रधानमन्त्री वालेन्द्र शाहसँग चार घण्टा लामो भेट गरेका थिए ।

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख डोलप्रसाद अर्याललाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका छन् ।

सभामुखको सचिवालयका अनुसार रास्वपा सभापति लामिछानेसँग सभामुखको करिब २० मिनेट भेट भयो । अनौपचारिक भेट भएको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि बुधबार रास्वपा सभापति लामिछानेसँग प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को चार घण्टा लामो भेट भएको थियो । त्यसको भोलिपल्ट सभापति लामिछाने सभामुख अर्याल भेट्न सिंहदरवार पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?