+
+
Shares

लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी मंसिरदेखि सुरु हुने हिउँदे अधिवेशनमा प्रदेशसभामा पेस गर्ने तयारी भइरहेको बताए ।
  • उनले विधेयकको मस्यौदा तयार पार्ने काम भइरहेको र बागमती, गण्डकीलगायत प्रदेशका अनुभव तथा सुझाव संकलन भइरहेको जानकारी दिए ।
  • सभामुख घर्तीले विधेयक पेस भएपछि सरोकारवालासँग छलफल गरी परिमार्जनसहित विषयगत समितिमा पठाइने र फागुनसम्म पारित गर्ने लक्ष्य रहेको बताए ।

१२ कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी हिउँदे अधिवेशनमा प्रदेशसभामा पेस गर्ने तयारी भइरहेको बताएका छन् ।

बिहीबार लुम्बिनी प्रदेशमा आयोजित सरकारी कामकाजको भाषासम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै सभामुख घर्तीले विधेयकको मस्यौदा तयार पार्ने काम भइरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार विधेयकलाई पूर्णता दिन बागमती र गण्डकी प्रदेशलगायतका अनुभव तथा सुझाव संकलन भइरहेको छ । आगामी मंसिरदेखि सुरु हुने हिउँदे अधिवेशनमा सरकारले विधेयक प्रदेशसभामा पेश गर्ने तयारी गरेको बताए ।

‘आगामी मंसिरदेखि सुरु हुने हिउँदे अधिवेशनमा सरकारी कामकाजको भाषासम्बन्धी विधेयक सदनमा पेश गर्ने तयारी भइरहेको छ । यसका लागि वागमती र गण्डकीलगायत प्रदेशबाट सुझाव सङ्कलन भइरहेको छ,’ उनले भने ।

विधेयक सदनमा पेश भएपछि सरोकारवालासँग व्यापक छलफल गरी आवश्यक सुझाव र परिमार्जनसहित विषयगत समितिमा पठाइने उनको भनाइ छ । विधेयकलाई लोकतान्त्रिक विधि र प्रक्रियाबाट अघि बढाउँदै सबै पक्षको भावना समेट्ने गरी छलफल गरिने सभामुख घर्तीले बताए ।

‘विधेयक सदनमा पेश भएपछि सरोकारवालासँग व्यापक छलफल गरी आवश्यक परिमार्जन गरिनेछ र विषयगत समितिमा पठाएर लोकतान्त्रिक विधि तथा प्रक्रियामार्फत सबैको भावना समेटिनेछ । मंसिरमा पेस हुने विधेयक फागुनसम्म पारित गर्ने लक्ष्य राखिएको छ,’ उनले भने ।

सरकारी कामकाजको भाषासम्बन्धी कानूनी व्यवस्था निर्माण गर्दा सरोकारवाला पक्षका सुझाव र विभिन्न प्रदेशका अनुभवलाई समेटेर अघि बढाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?