+
+
Shares

चक्रवात अर्नवको असर : निथ्रुक्क काठमाडौं (तस्वीरहरू)

गए रातिदेखि निरन्तर वर्षा भइरहेका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित बनेको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ कात्तिक १३ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण काठमाडौं उपत्यका सहित देशका विभिन्न भू-भागमा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।
  • निरन्तर वर्षाले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित बनेको छ र कार्यालय जाने तथा दैनिक ज्यालादारी गर्नेहरू समस्यामा परेका छन् ।
  • मौसमविद्हरूले आज दिनभर हल्कादेखि मध्यम वर्षा र केही ठाउँमा भारी वर्षा हुन सक्ने भन्दै सजग रहन आग्रह गरेका छन् ।

१३ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को असरले काठमाडौं उपत्यका लगायत देशका विभिन्न भू-भागमा वर्षा भइरहेको छ ।

गए रातिदेखि निरन्तर वर्षा भइरहेका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित बनेको छ ।

सरकारी तथा निजी अफिसमा काम गर्ने कर्मचारीदेखि लिएर दैनिक ज्यालादारी गर्ने मानिसहरू वर्षाले प्रभावित बनेका छन् ।

विभिन्न कामले घर बाहिर निस्किएकाहरू रेनकोट, छाता ओडेर आ-आफ्नो गन्तव्यतर्फ गइरहेको देख्न सकिन्छ ।

मौसमविद्‍हरूका अनुसार चक्रवातको असरले आज दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने छ ।

नेपाल मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले ‘अर्नब’ चक्रवात कमजोर भइसके पनि सोको प्रभावले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेकाले सजग हुनुपर्ने बताइन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि रातिसम्म कोशी र बागमतीका धेरै ठाउँमा भारी वर्षाको सम्भावना छ ।

यसको असर शनिबारदेखि क्रमश: कमजोर बन्दै जाने पूर्वानुमान छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?