News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सचेतक प्रकाश चन्द्र परियारले सर्वोच्च अदालतका न्यायाधीशमाथि प्रश्न उठिरहेको पृष्ठभूमिमा न्यायालयमा विकृतिको अवशेष रहन नहुने बताएका छन्।
- उनले उच्च पदस्थ व्यक्तिले विधि, विधान र कानुनमा रहन नसके संस्थाप्रतिको मर्यादा र सम्मानमा क्षयीकरण हुने भन्दै लोकतन्त्र कमजोर हुने उल्लेख गरे।
- विवादास्पद विचौलिया इनम सापकोटासँग न्यायाधीश र प्रहरी अधिकारीहरूको संवाद सार्वजनिक भएपछि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले फुलकोर्ट बोलाएका छन्।
१३ कात्तिक, काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियार न्यायालयमा विकृति रहन नहुने बताउँछन् । सर्वोच्च अदालतका न्यायाधीशबारे प्रश्न उठिरहेको पृष्ठभूमिमा उनले यस्तो बताएका हुन् ।
उनका अनुसार, न्यायालय संविधानको पनि व्याख्या गर्ने सर्वोच्च निकाय हो ।
उनी भन्छन्, ‘भुईं मान्छेदेखि पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वाराजा ज्ञानेन्द्र शाहसम्म, भुईंमान्छेदेखि कर्मचारीसम्म । उद्योगीदेखि सेनासम्म, खेलाडीदेखि कलाकारसम्मले न्यायको लागि ढोका ढकढक्याउने अन्तिम निकायकबारे विगतमा देखिएको विकृतिको चाङको अवशेष आजसम्म रहनु विडम्बना हो ।’
उच्च पदस्थ व्यक्तिहरूले पद र संस्थाको मर्यादा र सम्मान राख्न सक्नुपर्ने उनको आग्रह छ ।
‘विधि, विधान, कानुन नियममा रहनु र उच्च मर्यादा कायम राख्नु स्वयम उच्च पदस्थ व्यक्तिहरूको न्युनतम दायित्व हो । उनीहहरूले आफ्ना न्युनतम मर्यादा कायम राख्न नसके संस्थाप्रतिको मर्यादा र सम्मानमा क्षयीकरण हुन्छ । यसले लोकतन्त्रलाई कमजोर बनाउँछ । विद्रोहको अंश रहिरहन्छ,’ उनले भने ।
विवादास्पद विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र म्यासेज आदानप्रदान भएको विषय बाहिरिएपछि सार्वजनिक रुपमै प्रश्न उठेको छ ।
सापकोटाको मोबाइल तथा विद्युतीय उपकरणबाट प्रधानन्यायाधीश, न्यायाधीशहरू तथा प्रहरीका उच्च अधिकारीहरूसँगको संवाद र कारोबारका विवरणहरू सार्वजनिक भएका छन् । सापकोटासँग सात जना न्यायाधीशले सामूहिक भेटेको विषय पनि आएको छ ।
न्यायपालिकाको निष्पक्षता, न्यायिक आचरण र इजलास गठनको पारदर्शितामा उठेका प्रश्नहरूबारे छलफल गर्न प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।
यस पृष्ठभूमिमा रास्वपाका सचेतक परियारले न्यायलयमा विकृतिको अवशेष हुँदासम्म विद्रोहको अंश रहिरहने बताएका हुन् ।
प्रतिक्रिया 4