+
+
Shares

रास्वपाका सांसद व्यक्तिको निर्देशनमा परिचालित छैनन् : सांसद खरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद जगदीश खरेलले पार्टीका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित नभएको बुधबार काठमाडौंमा स्पष्ट गरे।
  • उनले सत्तापक्षका सांसदले सरकारलाई सुझाव दिनु र कमजोरी सुधार्न दबाब दिनु सरकार ढाल्ने प्रयास नहुने बताए।
  • खरेलले तिहार र छठपछि आन्दोलन गरेर सरकार ढाल्ने प्रतिपक्षी अभिव्यक्तिप्रति पनि आपत्ति जनाए।

११ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले पार्टीका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित नभएको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै सांसदका गतिविधि व्यक्ति विशेषको नियन्त्रणमा नरहेको स्पष्ट पारेका हुन् । प्रत्येक सांसद आ–आफ्नो क्षमता, विवेक र बलबुताका आधारमा अघि बढिरहेको उनको भनाइ छ ।

सत्तारुढ दलका सांसदहरूले नै सरकारको आलोचना गरेको विषयप्रति उहाँले सरकारलाई सुझाव दिनु तथा भएका कमजोरी सुधार्न दबाब दिनु सरकार ढाल्ने प्रयासका रुपमा बुझ्न नहुने उनको भनाइ छ ।

‘सरकारलाई सबै कुरा थाहा हुँदैन । सरकारसमक्ष केही कुरा पुर्‍याउनको लागि सत्तापक्षका सांसदहरूले पनि प्रतिपक्ष जसरी प्रश्तुत हुनुपर्छ,’ सांसद खरेलले भने, ‘हामी सत्तापक्षका सांसदहरू त्यसैगरी बोलेको तपाईंहरूले देख्नुभएको छ नि ? त्यसकारण कुनै एक जनाको निर्देशनबाट पार्टीका सबैं सांसदहरू लागेका छैनन् । सबै आआफ्नो क्षमाता र बलबुतामा नै अगाडि बढिरहेका छन् ।’

उनले मुलुकको विकास हेर्ने चाहना राख्ने दलहरूले सरकार ढाल्ने गतिविधिमा लाग्नुभन्दा सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले प्रतिपक्षी दलहरूले तिहार र छठपछि आन्दोलन गरेर सरकार ढाल्ने भन्दै सार्वजनिक रुपमा दिएका अभिव्यक्तिप्रति आपत्ति समेत जनाए ।

‘यदि मुलुकको विकास हेर्ने रहर छ भने हामी सरकार ढाल्न लाग्छौँ त ? सबैलाई झन् मिलाएर लैजान्छौँ । गल्ती भएको कुरा सुधारेर लैजान्छौँ । कहिलेकाँही गल्ती भएको कुरा त सरकारले स्वीकारेको छ नि । हामीलाई जनताले पाँच वर्ष ढुक्कले सरकार चलाउ भनेर झन्डै दुई तिहाइ मत दिएर पठाएको छ,’ सांसद खरेलले भने, ‘त्यसकारण तिहार, छठपछि आन्दोलन गरेर सरकार ढालिदिन्छौँ भन्ने कुरामा मलाई चाँही विश्वास लाग्दैन । सरकार ढले हामी सत्तामा पुग्नसक्थ्यौँ भनेर उहाँहरूले कल्पना गर्ने कुरा स्वभाविक हो । तर हामीले देश चलाउनको लागि राजनीति गरेका हौँ सांसद र मन्त्री बन्नको लागि मात्र होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?