+
+
Shares

रास्वपा प्रवक्ता भन्छन्– प्रधानमन्त्री र सभापतिको निरन्तर संवाद भइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते २१:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री बालेन शाह र सभापति रवि लामिछानेबीच विपद् व्यवस्थापनमा दैनिक समन्वय भइरहेको बताएका छन्।
  • उनले सीमित स्रोतसाधनबीच सरकारले १२ हजारभन्दा बढी नागरिकको उद्धार गरेको दाबी गरेका छन्।
  • खरेलका अनुसार विपद् प्रभावित क्षेत्रमा २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

१६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले विपद् व्यवस्थापनको विषयमा प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेबीच निरन्तर संवाद र समन्वय भइरहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार र पार्टीबीचको सम्बन्ध सौहार्दपूर्ण, कसिलो र समन्वयकारी रहेको बताए ।

‘तपाईंहरूलाई स्पष्ट होस् सरकार र पार्टीबीच असाध्यै सौहार्दपूर्ण, असाध्यै कसिलो र असाध्यै राम्रो सम्बन्ध छ । यो यत्तिकै भन्नका लागि मैले भनेको होइन । पार्टी सभापतिले र सम्माननीय प्रधानमन्त्रीले गर्ने हरेक कामहरूको सन्दर्भमा हरेक दिन उहाँहरूबीचमा कम्युनिकेसन भइरहेको छ । हरेक दिन सरसल्लाह भइरहेको छ,’ उनले भनेका छन् ।

प्रवक्ता खरेलले सरकारले सीमित स्रोत र साधनका बाबजुद १२ हजारभन्दा बढी नागरिकको उद्धार गर्न सफल भएको दाबी समेत गरे । राजनीतिक दल, सञ्चारमाध्यम, स्थानीय नागरिक र तीनै तहका सरकारको सहयोगमा विपद्पछिको खोज, उद्धार र राहत वितरणको कार्य भइरहेको समेत उनको भनाइ छ ।

‘यो समयमा कसरी अजाने, के गर्ने भन्ने विषयमा दुई जनाबीच नियमित रुपमा कुराकानी भइरहेको छ । सबै काम एकैजनाले गर्न सक्दैन । सरकारले मात्र गर्ने भन्दा नि पार्टीले के गर्ने र सरकारले के गर्ने भन्ने विषयमा प्रधानमन्त्रीज्यू र सभापतिज्यूबीच निरन्तर रुपमा समन्वय भइरहेको छ,’ उनको भनाइ छ ।

विपद् प्रभावित क्षेत्रमा २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै राज्यको सम्पूर्ण ध्यान उद्धार, राहत र खोजी कार्यमा केन्द्रित रहेको बताए ।

‘झन्डै १२ हजार विपद् प्रभावित नागरिकहरूलाई उद्धार गरिएको छ । सरकारको नेतृत्वमा, सबै राजनीतिक दलहरूको सहयोगमा, तपाईं मिडियाहरूको सहयोगमा र स्थानीयहरूको चाहने सहयोगमा सबै तवर स्तरका सरकारको सहयोगमा आज करिब १२ हजार मानिसहरू विपद् प्रभावितलाई उद्धार गर्न सकिएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?