+
+
Shares

निष्क्रिय कम्पनी नवीकरण वा खारेज गर्न छुट अवधि थप

९ कात्तिकको निर्णय अनुसार यो म्याद २०८३ असोज मसान्तबाट बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले निष्क्रिय अवस्थामा रहेका कम्पनीलाई कारोबार जारी राख्न वा दर्ता खारेज गर्न दिने छुट अवधि २०८३ पुस मसान्तसम्म थपेको छ ।
  • अर्थ मन्त्रालयका अनुसार २०८२/८३ का कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेस गरे अघिल्ला सबै कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुनेछ ।
  • कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएका तर विवरण पेस, नवीकरण वा कर दाखिल नगरेका कम्पनीले यो सुविधा उपयोग गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

१३ कात्तिक, काठमाडौं । सरकारले निष्क्रिय अवस्थामा रहेका कम्पनीलाई कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा दिने छुट अवधि थपेको छ ।

अर्थ मन्त्रालयका अनुसार कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानुनले तोके बमोजिम म्यादभित्र विवरण पेस नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भए त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहे यो सुविधा उपयोग गर्न सक्ने छन् ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कानुन बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेस गरे त्यसभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुनेछ ।

९ कात्तिकको निर्णय अनुसार यो म्याद २०८३ असोज मसान्तबाट बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?