News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा नेता माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ।
- अदालतका अध्यक्ष बासुदेव आचार्यसहितको इजलासले नेपालको निवेदनमाथि सुनुवाइपछि वारेसको अनुमति दिएको हो।
- नेपालमाथि पतञ्जली योगपीठको हदम्यादभन्दा बढीको जग्गा सट्टापट्टाको अनुमति दिँदा भ्रष्टाचार गरेको आरोप छ।
१२ कात्तिक, काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्दामा एक पटकका लागि वारेस राख्न अनुमति दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नेपालको निवेदनमाथिको सुनुवाइपछि १९ कात्तिकको तारिखका लागि वारेसको अनुमति दिएको हो । उक्त मितिमा आफू देशबाहिर हुने भन्दै नेपालले वारेस राख्ने अनुमति मागेका थिए ।
पूर्वप्रधानमन्त्री नेपालमाथि पतञ्जली योगपीठको हदम्यादभन्दा बढीको जग्गा सट्टापट्टाको अनुमति दिँदा भ्रष्टाचार गरेको आरोप छ ।
डेढ वर्षदेखि त्यो मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4