News Summary
Generated by OK AI. Editorially reviewed.- कार्तिक २० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’ को ‘राजा चाहिया छ’ बोलको गीत सार्वजनिक भएको छ।
काठमाडौं । कार्तिक २० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’ को अर्को गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ बोलको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर रहेको छ ।
सशी शर्मा मजगैयाँको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको छ । गीतको भिडियोमा इभा गिरीको नृत्य छ । उनको बोल्ड नृत्यमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले साथ दिएका छन् ।
क्यासिनोमा नाच्ने हट एन्ड ब्युटी युवतीले आफूलाई एक असल युवक चाहिएको बताएको प्रसंगको सेरोफेरोमा गीत बनाइएको छ ।
फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । ‘पाँच पाण्डव’ मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ ।
प्रतिक्रिया 4