News Summary
Generated by OK AI. Editorially reviewed.- कात्तिक २० गते प्रदर्शन हुन लागेको फिल्म ‘पाँच पाण्डव’ को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरू’ मंगलबार सार्वजनिक गरिएको छ।
काठमाडौं । कात्तिक २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘पाँच पाण्डव’ को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरू’ सार्वजनिक गरिएको हो । सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर रहेको यस गीतमा अर्जुन पोखरेलको संगीत मंगलबार सार्जनिक गरिएको हो ।
डा. कृष्णहरि बरालको शब्द रहेको गीतले दाजुभाइबीचको मिलन र आत्मीयता दर्शाउँछ । जसमा दाजुभाइबीचको सम्बन्ध, आपसी विश्वास र एकताको भावलाई प्रस्तुत गरिएको छ।
गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका पाँच मुख्य कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौलालाई दाजुभाइका रूपमा प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा युधिष्ठिरको भूमिकामा रहेका हरिवंश स्वर्गलोकबाट आफ्ना भाइहरूको खोजीमा पृथ्वीलोक आएको देखाइएको छ ।
वसन्त निरौला निर्देशित फिल्म ‘पाँच पाण्डव’ दाजुभाइबीचको सम्बन्धको कथा हो । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए । फिल्मको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।

‘पाँच पाण्डव’ मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो फिल्म ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’ को भूमिकामा छन् । त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेश पौडेल लगायतको पनि मुख्य भूमिका रहेको छ ।
श्याम तामाङको छायाकंन रहेको यो फिल्ममा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन् । गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।
रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।
प्रतिक्रिया 4