+
+
Shares

राजनीतिक दलमा जिम्मेवारी लिएका ३ सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते ११:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीमा परेको उजुरीका आधारमा राजनीतिक दलमा जिम्मेवारी लिएका तीन सरकारी कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री कार्यालय र सम्बन्धित मन्त्रालयलाई सिफारिस भएको छ।
  • रास्वपाका सचिवालय सदस्य कविन्द्र बुर्लाकोटीले सार्वजनिक संस्थाको जागिरमा रहेर दलमा जिम्मेवारी लिएको विषयमा प्राप्त उजुरी कानुनी कारबाहीका लागि पठाइएको बताए।
  • बुर्लाकोटीले सरकारी कर्मचारीले राजनीतिक दलमा जिम्मेवारी लिन नहुने भन्दै यसअघि पनि यस्ता उजुरीमा सम्बन्धित व्यक्तिसँग बुझेर निर्णय गरिँदै आएको बताए।

११ कात्तिक, काठमाडौं । राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयलाई सिफारिस भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा परेको उजुरीका आधारमा यस्तो सिफारिस भएको हो ।

रास्वपाका सचिवालय सदस्य कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीमा परेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा फर्वाड गरिएको हो ।

‘सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा प्राप्त उजुरीमा कानुनी कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

बुर्लाकोटीका अनुसार तीनै जना कर्मचारी काठमाडौंका हुन् । उनले संस्थान र ती कर्मचारीको नाम भने खुलाएका छैनन् ।

पार्टीमा विगतमा पनि यस्ता उजुरी परेका थिए । यस्तोमा उजुरीबारे सम्बन्धित व्यक्तिसँग बुझ्ने र निर्णय लिन दिने गरिएको छ ।

एक जना वाणिज्य बैंकका कर्मचारीले रास्वपामै जिम्मेवारी लिएका थिए । यससम्बन्धी पार्टीमा उजुरी परेपछि रास्वपाले कि राजनीतिक कि जागिर रोज्न सुझाएको थियो ।

‘उहाँ जागीर छोडेर राजनीतिमै रहनुभयो,’ बुर्लाकोटी भन्छन्, ‘हामी प्रष्ट छौं, सरकारी कर्मचारीले राजनीतिक दलमा जिम्मेवारी लिनु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?