१३ कात्तिक, हुम्ला । भारत लैजान लागेको अवस्थामा कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएका बालबालिकाहरूलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले अभिभावकको जिम्मा लगाएको छ ।
बिहीबार प्रहरीले गड्डाचौकीबाट उद्धार गरी ल्याइएका बालबालिकालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले शुक्रबार अभिभावकको जिम्मा लगाएको हो ।
उद्धार गरिएका नौ बालिका र १६ जना बालक गरी २५ जना रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) शंकर खड्काले बताए । उनले अभिभावकलाई कानुनी सचेतना दिँदै कागज पनि गरिएको प्रहरीले जनाएको छ ।

अभिभावकलाई यसरी बालबालिकालाई पढाइको प्रलोभनमा पारेर बाहिर पठाउन नहुने र यसरी पठाउने जो कोही भएपनि कानुनी रूपमा सजायको भागिदार हुने भन्दै सचेतना प्रदान गरिएको डीएसपी खड्काले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4