+
+
Shares

देश ठूलो संकटतिर उन्मुख भइरहेको छ : डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतिर उन्मुख भइरहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताधारी र प्रतिपक्षी दलभित्रको अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीको अस्तव्यस्तताले देश संकटतिर उन्मुख भएको बताएका छन् ।
  • उनले अर्थतन्त्रको ओरालो यात्रा, प्राकृतिक प्रकोपको भार, युवाहरूको विदेश पलायन र सार्वजनिक क्षेत्रमा चुलिएको निराशाले अस्थीरता बढेको लेखेका छन् ।
  • भट्टराईले ‘सक्छौं, सकारात्मक योगदान गरौं! सक्दैनौं, नकारात्मक काम नगरौं ।’ भन्दै सबैलाई गम्भीर हुन आग्रह गरेका छन् ।

१५ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतिर उन्मुख भैरहेको बताएका छन् ।

‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कँदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालय/प्रशासन/प्रहरी लगायतमा अस्तव्यस्तता’ रहेको भनेर उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनी अगाडि लेख्छन्, ‘अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिंदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक संचारक्षेत्र र नागरिक वृत्तमा चुलिंदो निराशा, आदिले देश ठुलो संकटतिर उन्मुख भैरहेको संकेत गर्छ ।’

उनका अनुसार अब कुनै पनि बहानामा देशले अस्थीरता र उथलपुथल थेग्न सक्दै सक्दैन । ‘सबै आ–आफ्नो क्षेत्रबाट गम्भीर बनौं’ उनी लेख्छन्, ‘सक्छौं, सकारात्मक योगदान गरौं! सक्दैनौं, नकारात्मक काम नगरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?