+
+
Shares

बाढीपीडितको घर सरसफाइमा खटियो अन्टुफको श्रमदान टोली  

५०० बाढीपीडित घरपरिवारको पुनर्स्थापना गर्ने लक्ष्यसहित कात्तिक ११ गते नुवाकोट पुगेको टोलीले स्थानीयको अनुरोधमा घरभित्र पसेको भग्नावशेष पन्छाउने र सरसफाइ गर्ने काम गरिरहेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय श्रमदान टोली नुवाकोटको विदुर नगरपालिकामा ५०० बाढीपीडित घरपरिवारको पुनर्स्थापनाका लागि कार्यरत छ।
  • टोलीले स्थानीयको अनुरोधमा घरभित्र पसेको भग्नावशेष पन्छाउने, सरसफाइ गर्ने र नानीमाया श्रेष्ठको घर मर्मत गरेर हस्तान्तरण गरेको छ।
  • महासंघले कात्तिक १० गतेदेखि रसुवा र नुवाकोटका बाढीपीडित परिवारलाई सहयोग गर्न करिब ५० जनाको टोलीमार्फत श्रमदान अभियान शुरू गरेको छ।

१५ कात्तिक, नुवाकोट । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) को केन्द्रीय श्रमदान टोलीले नुवाकोटको विदुर नगरपालिकामा कार्यरत छ ।

५०० बाढीपीडित घरपरिवारको पुनर्स्थापना गर्ने लक्ष्यसहित कात्तिक ११ गते नुवाकोट पुगेको टोलीले स्थानीयको अनुरोधमा घरभित्र पसेको भग्नावशेष पन्छाउने र सरसफाइ गर्ने काम गरिरहेको छ।

टोलीले बाढीपीडित नानीमाया श्रेष्ठको घर सरसफाइ तथा मर्मत गरी हस्तान्तरण गरेको श्रमिक टोलीको नेतृत्व गरिरहेको महासंघका उपाध्यक्ष सोमबहादुर तामाङले जानकारी दिए ।

गत भदौ १० गतेको बाढीले लेदो र माटो पसेर बस्नै नमिल्ने अवस्थामा पुगेको घर सफा गरेर पुनः बस्न योग्य बनाइएपछि श्रेष्ठले श्रमदान टोलीलाई धन्यवाद दिएकी छन्।

महासंघले यसअघि गत कात्तिक १० गतेदेखि रसुवा र नुवाकोटका बाढीपीडित परिवारको सहयोगार्थ करिब ५० जनाको टोली परिचालन गर्दै श्रमदान अभियान सुरु गरेको थियो।

महासंघका अध्यक्ष जगत सिंखडाले विपद्का बेला श्रमिक वर्गले श्रम र एकतामार्फत पीडित समुदायलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ कम्तीमा ५०० घरको सरसफाइ, मर्मत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने लक्ष्य राखिएको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?