+
+
Shares
गसिप :

मनिषा कोइरालालाई झस्काउने एउटा प्रसङ्ग

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री मनिषा कोइरालाले ७० वर्षीया एक महिलाले आफूलाई बाल्यकालदेखि फ्यान भएको भनेपछि सामाजिक सञ्जालमा रोचक अनुभव साझा गरेकी छन् ।
  • उनले त्यसपछि मानिसहरूले आफूलाई ‘डायनासोरभन्दा अघिदेखि नै यो संसारमा छु’ भन्ने ठान्न थालेको भन्दै मजाक गरेकी छन् ।
  • मनिषाले आफूलाई यति धेरै मानिसको माया पाउनु आशीर्वाद भएको र अर्को पटक ‘कुन बाल्यकाल ?’ भनेर सोध्ने सुझाव पनि दिएकी छन् ।

अक्सर सेलिब्रेटीहरूलाई हाँस्नु न रुनु बनाउने एउटा वाक्य हो, ‘म त सानैदेखि तपाईंको फ्यान हुँ नि ।’ कलिला उमेरका किशोरकिशोरीले यसो भन्दा त सेलिब्रेटी मख्ख पर्छन् । तर, आफ्नै छिमलका वा आफूभन्दा जेठापाकाले यसो भन्दा के होला ?

सेलिब्रेटीहरूलाई रुनु न हाँस्नु नै हुन्छ ।

एकातिर आफ्नो कलाको पारखी भेटिएकोमा, आफूलाई माया गर्ने मान्छे भेटिएकोमा उनीहरू खुसी हुन सक्छन् । तर, त्यही मान्छेले ‘म त बाल्यकालदेखि तपाईंको फ्यान हुँ’ भनिदिँदा सेलिब्रेटीहरूलाई लाग्छ, ‘के म त्यति बूढो भइसकेँ ?’

अभिनेता राजेश हमालदेखि दयाहाङ राईसम्मले यस्ता प्रश्न कति झेले होलान् । यसपालि त्यही प्रश्न झेल्ने पालो आइलाग्यो, मनिषा कोइरालालाई ।

मनिषा कोइराला, जसको सिनेमा जगत्मा अग्लो नाम छ । बलिउडजस्तो सिनेमाको मुकाममा उनले आफूलाई चिनाइन् मात्र होइन, कहिल्यै नमेटिने पदचिह्न पनि छाडिन् । बलिउडको इतिहासमा सगर्व लेखिने नाम हो, मनिषा कोइराला ।

पछिल्लो समय भने उनी घरपरिवारसँग समय बिताइरहेकी छिन् । त्यो पनि नेपालमै । नेपालको राजनीति र समाजलाई यतिबेला उनी अझ नजिकबाट नियालिरहेकी छिन् ।

उनै मनिषाले यसपालि फेसबुकमा अलि रोचक प्रसङ्ग सेयर गरेकी छिन् । प्रसङ्ग के थियो त ?

आज एउटा निकै रमाइलो घटना भयो !

एकजना प्यारी दिदी  म भए ठाउँ आउनुभयो र भन्नुभयो, उहाँ बाल्यकालदेखि नै मेरो फ्यान हुनुहुन्छ रे । यो सुनेर मलाई खुसी लाग्यो, मनै छोयो पनि  !

जिज्ञासाले मैले उहाँको उमेर सोधेँ ।

उहाँले भन्नुभयो, ‘७० वर्ष !’

७० वर्ष  !

त्यसपछि पो मलाई झसङ्ग भयो । यदि उहाँ बाल्यकालदेखि नै मेरो फ्यान हुनुहुन्छ भने, के मानिसहरूले मलाई डायनासोरभन्दा अघिदेखि नै यो संसारमा छु भन्ने ठान्छन् कि क्या हो ?

वाह ! अब त मेरा फ्यानहरूकै नातिनातिना हुने उमेरमा पुगिसकेछु ! तर, यो पनि खुसीकै कुरा हो । किनकि यति धेरै मानिसको माया पाउनु मेरो लागि आशीर्वाद हो ।

आफैँलाई एउटा सुझाव : अर्को पटक कसैले ‘म तपाईंलाई बाल्यकालदेखि नै पछ्याइरहेको छु’ भन्यो भने, सबैभन्दा पहिले सोध्नुपर्ला- कुन बाल्यकाल ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?