+
+
Shares

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुँदै

दुवै पार्टीबीच यही कात्तिक १७ गते एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ।
  • दुई पार्टीबीच कात्तिक १७ गते दिउँसो १ बजे पेरिसडाँडामा एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ।
  • भुजेल नेतृत्वको राष्ट्रिय भेलाले १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।

१५ कात्तिक, काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। दुवै पार्टीबीच यही कात्तिक १७ गते एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ।

एकता घोषणा सभाको आयोजना कात्तिक १७ गते दिउँसो १ बजे कोटेश्वरस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा गरिने भएको छ। विशेष एकता सभामार्फत दुई पार्टीबीचको एकता औपचारिक रूपमा घोषणा गरिनेछ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा राष्ट्रिय भेला आयोजना गरिएको थियो। उक्त भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।

कम्युनिस्ट आन्दोलनमा एकता, सहकार्य र ध्रुवीकरणको प्रक्रियालाई अगाडि बढाउने उद्देश्यसहित हुन लागेको यस एकताले दुई पार्टीका नेता तथा कार्यकर्तालाई एउटै राजनीतिक संगठनमा समेट्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?