+
+
Shares

जेल ब्रेकर उमा भुजेलमाथि नेकपा माओवादीको कारबाही, खोसियो सबै जिम्मेवारी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले सचिवालय सदस्य उमा भुजेललाई कारबाही गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेतृ नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सचिवालय सदस्य उमा भुजेललाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छ ।
  • भुजेललाई पार्टीको नीति विपरीत गुटबन्दी तथा भड्काववादी गतिविधि गरेको आरोपमा कारबाही गरिएको हो ।
  • भुजेल सशस्त्र द्वन्द्वको समयमा गोरखा जेल ब्रेक गर्नेमध्येकी एक हुन् ।

१ असार, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले सचिवालय सदस्य उमा भुजेल (सिलु)लाई कारबाही गरेको छ ।

आज सोमबार बसेको नेकपा (माओवादी) को सचिवालय बैठकले उनलाई सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।

‘…सचिवालय सदस्य कमरेड सिलुले केन्द्रीय समिति बैठकपछि महासचिवसँग गम्भीर छलफल हुँदाहुँदै पार्टीका विचार, नीति, निर्णयविरुद्ध निरन्तर विचलनकारी, पलायनवादी गुटबन्दी गर्दै हिडेको, पार्टी कार्यदिशा, नेतृत्व र जनक्रान्तिविरुद्ध भड्काववादी गतिविधि सञ्चालन गरेकाले उहाँलाई पार्टी केन्द्रीय समितिलगायत सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरियो’ विप्लवले जारी गरेको पत्रमा उल्लेख छ ।

भुजेल सशस्त्र द्वन्द्वको समयमा गोरखा जेल ब्रेक गर्नेमध्येकी एक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?