+
+
Shares

कपिलवस्तुमा हवाई फायर गरेर २ जना लागुऔषध कारोबारी पक्राउ

कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १७:५१

१ कात्तिक, काठमाडौं । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

भैरहवाबाट खटिएको प्रहरी टोलीले आइतबार उक्त स्थानमा खोजतलास तथा अनुसन्धान गर्ने क्रममा शंकास्पद दुई जनालाई चेकजाँच गर्न खोजेको थियो । सो क्रममा उनीहरूले प्रहरीमाथि प्रतिकार गर्न थालेपछि चेतावनीस्वरूप प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो ।

त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बाणगंगा नगरपालिका–११ का ३४ वर्षीय सलाउद्दिन मुसलमान र वडा नम्बर १२ का २८ वर्षीय उमेश थारू रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट २८.८२० ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको छ । त्यस्तै, भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र दुईवटा मोबाइल पनि बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा बुझाइएको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?