News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा केन्द्रीय अनुशासन समितिले निलम्बित बागमती प्रदेशका तीन मन्त्री र संसदीय दलका नेता उद्धव थापालाई कार्यक्रममा सहभागी गराएपछि मकवानपुर अध्यक्ष ऋषिलाल श्रेष्ठसँग स्पष्टीकरण मागेको छ।
- श्रेष्ठले निलम्बित सांसदहरुलाई अतिथि बनाएर स्वागत तथा सम्मान कार्यक्रम गरेको विषयलाई समितिले पार्टीको मर्यादा र अनुशासनविपरीत ठहर गरेको छ।
- समितिले निलम्बित व्यक्तिहरुलाई कुनै पनि पार्टी कार्यक्रममा सहभागी नगराउन सबै जिल्लालाई आग्रह गरेको छ।
१५ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बनमा परेका बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको कार्यक्रममा सहभागी गराएको विषयमा राप्रपा मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठसँग स्पष्टीकरण मागेको छ।
श्रेष्ठले आफ्नो अध्यक्षतामा निलम्बित सांसदहरुलाई अतिथि बनाइ स्वागत तथा सम्मान कार्यक्रम गरेका थिए ।
पार्टीले निलम्बन गरेका व्यक्तिहरूलाई बोलाएर स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न आयोजनाको निरीक्षणका नाममा आयोजनास्थलसम्म लैजाने कार्यलाई पार्टीको अनुशासन समितिले गम्भीरतापूर्वक लिएको छ।
पार्टीको निर्णय र अनिशासन उल्लंघन गरी निलम्बित भएका व्यक्तिहरूलाई पार्टीका कार्यक्रममा सहभागी गराउनु पार्टीको मर्यादा र अनुशासनविपरीतको कार्य भएको ठहर गर्दै केन्द्रीय अनुशासन समितिले यस्ता गतिविधि नगर्न र नगराउन अध्यक्ष श्रेष्ठलाई सचेत समेत गराएको छ।
अनुशासन समितिका अध्यक्ष पार्टी वरिष्ठ उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बसेको बैठकले पार्टी सदस्यता निलम्बन गरिएका व्यक्तिहरुलाई पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नगराउन समेत सबै जिल्लालाई आग्रह समेत गरेको छ।
प्रतिक्रिया 4