१६ कात्तिक, जनकपुरधाम । हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन जनकपुरधामा सम्पन्न भएको छ । महाधिवेशनले संजय रान यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रिना झा, प्रथम उपाध्यक्षमा अमरेश कुमार यादव, दोस्रो उपाध्यक्षमा राम प्रकाश पासवान र तेस्रो उपाध्यक्षमा फूल कुमारी यादव चयन भएका छन् ।
त्यस्तै, केन्द्रीय महासचिवमा राजेन्द्र कुमार यादव, सचिवमा श्रवण कुमार महरा र कोषाध्यक्षमा मो. समीर शेख चयन भएका छन् ।
केन्द्रीय सदस्यहरूमा बस्नेत राय, मुकेश यादव, दिपेन्द्र कुमार महतो, कृष्ण कुमार साह, कृष्ण कुमार यादव, दिलीप कुमार महतो र गनेन्द्र कुमार मुखिया रहेका छन् ।
त्यसैगरी, केन्द्रीय सल्लाहकारमा दीपक कुमार गुप्ता र उदय नारायण मण्डल तथा केन्द्रीय प्रवक्तामा देव नारायण महतो चयन भएका छन् ।
केन्द्रीय संरक्षकहरूमा राम उदगार यादव, शिव नारायण यादव, कृष्ण देव यादव र शिव कुमार महतो रहेका छन् ।
नवनिर्मित कार्यसमितिले संस्थाको मूल उद्देश्यअनुरूप सामाजिक सेवा, मानवता, आपसी सहयोग र संगठन विस्तारलाई प्राथमिकता दिँदै देश तथा विदेशमा रहेका नेपाली समुदायबीच एकता र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको जनाएको छ ।
प्रतिक्रिया 4