News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनमा प्रहरीले करिब २ लाख रूपैयाँ बराबरका पटका सहित भारतका ४१ वर्षीय सञ्जय शाह तेलीलाई पक्राउ गरेको छ।
- भरतपुर महानगरपालिका–३ बाह्रघरेमा बस्ने २९ वर्षीय राज जयसवाललाई करिब ८६ हजार रूपैयाँ बराबरका पटका र नगद सहित प्रहरीले पक्राउ गरेको छ।
- दुवैको कोठा तलासी गर्दा पटका फेला परेको प्रहरीले जनाएको छ र अनुसन्धान जारी रहेको छ।
१६ कात्तिक, चितवन । चितवनमा पटकासहित २ जना पक्राउ परेका छन् ।
कालिका नगरपालिका–६ हरियार टोल पदमपुर डेरा गरी बस्ने भारत मतियारी लक्ष्मीपुर लौखान–१६ घर भएका ४१ वर्षीय सञ्जय शाह तेली र भरतपुर महानगरपालिका–३ बाह्रघरे डेरा गरी बस्ने भारत मतियारी पटझिलवा–८ घर भएका २९ वर्षीय राज जयसवाल पक्राउ परेका हुन् ।
तेलीलाई करिब २ लाख रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो ।
जयसवाललाई करिब ८६ हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका, १५ हजार भारतीय रूपैयाँ र १ लाख ४८ हजार ३ सय नेपाली रूपैयाँ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4