News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायली निर्वाचनमा अरब-नेतृत्वका राआम र जोइन्ट लिस्टले नेसेटका १२९ सिटमध्ये सामूहिक रूपमा १९ सिट जिते।
- दुवै दलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकार हटाउन विपक्षी दलसँग सहकार्य गर्ने बताएका छन्।
- तर विपक्षी गठबन्धनका धेरै सदस्यले अरब दलसँग सहकार्य गर्ने सम्भावना अस्वीकार गरेका छन्।
इजरायली निर्वाचनका सबैभन्दा ठूला सरप्राइजहरूमध्ये अरब-नेतृत्वका राजनीतिक दलहरू राआम र जोइन्ट लिस्टको सफलता थियो । उनीहरूले इजरायलको संसद् ‘नेसेट’ का १२९ सिटमध्ये सामूहिक रूपमा १९ सिट जिते ।
‘राआम’ एक इस्लामिक पार्टी हो भने ‘जोइन्ट लिस्ट’ बामपन्थी र प्यालेस्टिनी राष्ट्रवादीहरू सहित तीनवटा गुटहरूको गठबन्धन हो ।
‘राआम’ ले इजरायलका अन्य विपक्षी दलहरूबाट स्वीकृति प्राप्त गर्नका लागि कब्जा गरिएको वेस्ट बैंक र गाजाका प्यालेस्टिनीहरूको दुर्दशामा कम जोड दिएर, इजरायलका अरब नागरिकहरूलाई पिरोलिरहेका हिंस्रक अपराध र भेदभावपूर्ण आवास नीतिहरू जस्ता मुद्दाहरूमा बढी ध्यान केन्द्रित गरेको छ ।
यसैबीच, ‘जोइन्ट लिस्ट’ ले पनि इजरायलका अरब नागरिकहरूको अधिकारका लागि लडेको छ । तर पनि मूलतः यसले इजरायलले प्यालेस्टिनीहरूप्रति गरेको व्यवहारको बारम्बार आलोचना गरेको छ र आफूलाई ‘रेसिस्ट जियोनिस्ट कन्सेन्ससको एक रियल डेमोक्रेटिक अल्टरनेटिभ’ भनेर परिभाषित गरेको छ ।
मतदानको परिणामले धेरै अरब मतदाताहरूलाई उत्साहित बनाएको छ । दुवै दलहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारलाई ढाल्नका लागि इजरायली विपक्षसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
तर विपक्षी गठबन्धनका धेरै सदस्यहरूले नयाँ सरकार गठन गर्न अरब दलहरूसँग सहकार्य गर्ने सम्भावनालाई अस्वीकार गरेका छन् । उनीहरूका कतिपय दृष्टिकोणहरूप्रति कडा आपत्ति जनाएका छन् । धेरै इजरायलीहरू अरब दलहरूले अन्तरास्ट्रिय सम्बन्धका विषय र सुरक्षा मुद्दाहरूमा प्रभाव पारेमा डराउँछन्, र इजरायली-प्यालेस्टिनी द्वन्द्वलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि असहमत छन् ।
यहाँ जोइन्ट लिस्ट (हदाश, बलाद र ताल दलहरूको गठबन्धन) र राआमका पोजिसन्सहरूको ओभरभ्यु प्रस्तुत गरिएको छ ।
हदाश
हदाश एक लेफ्टिस्ट अरब-यहूदी गुट हो । हदाश शब्द एक एक्रोनिम हो । जसको पूरा रूप ‘डेमोक्रेटिक फ्रन्ट फर पिस एन्ड इक्वालिटी’ (शान्ति र समानताका लागि लोकतान्त्रिक मोर्चा) हुन्छ ।
पार्टीको वेबसाइटका अनुसार, यसले इजरायललाई सन् १९६७ भन्दा अगाडिको बोर्डरमा फर्काउँदै वेस्ट बैंक, गाजा र गोलान हाइट्सबाट फिर्ता हुनका साथै ‘अरब प्यालेस्टिनी जनताको आत्म निर्णय (सेल्फ–डिटरमिनेसन) को अधिकार र उनीहरूको स्वतन्त्र राज्य स्थापनालाई मान्यता दिनुपर्ने’ कुराको समर्थन गर्दछ ।
यसले संयुक्त राष्ट्रसङ्घका रेजोलुसन्स अनुसार प्यालेस्टिनी शरणार्थी समस्याको समाधान गर्नुपर्ने आह्वान पनि गर्दछ । संयुक्त राष्ट्रसङ्घ महासभाको रेजोलुसन १९४ (यूएन जनरल एसेम्ब्ली रेजोलुसन १९४) ले प्यालेस्टिनी शरणार्थीहरूलाई आफ्ना घर फर्किन अनुमति दिनुपर्ने र फर्किन नचाहनेहरूका लागि नष्ट वा क्षति भएका सम्पत्तिको क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ ।
जोइन्ट लिस्टका अन्य कम्पोनेन्टहरू भन्दा फरक, हदाशका इलेक्टेड रिप्रेजेन्टेटिभहरूमध्ये एक जना यहूदी हुन् ।
पार्टीको वेबसाइटका अनुसार सन् १९७७ मा स्थापित हदाशले ‘अरब नागरिकहरूका लागि पूर्ण समानता’, सैन्य खर्चमा कटौती, इजरायलले कब्जा गरेको वेस्ट बैंकका सेटलमेन्टहरूका लागि दिइने बजेट/फाइनान्सियल ग्रान्टको अन्त्य, इजरायलका अरब नागरिकहरूलाई ‘राजनीतिक, सामाजिक र सांस्कृतिक स्तरमा एक राष्ट्रिय अल्पसंख्यक’ का रूपमा मान्यता, महिलाहरूको समानतालाई सुदृढ पार्न कानुन निर्माण, र वेपन्स अफ मास डिस्ट्रक्सन (डब्ल्यूएमडी) माथिको प्रतिबन्धको समर्थन गर्दछ ।
पार्टीका नेताहरूले ७ अक्टोबर २०२३ मा इजरायलमाथि हमासको नेतृत्वमा भएको आक्रमणको आलोचना गरेका छन् । मे महिनासम्म हदाशका अध्यक्ष रहेका आयमन ओदेहले द न्युयोर्क टाइम्सको एक ओपिनियन आर्टिकलमा त्यसलाई ‘हमासको किलर अट्याक’ भनी टिप्पणी गरेका थिए ।
उनका उत्तराधिकारी युसेफ जबारिन हुन् । जो वासिङ्टनस्थित जोर्जटाउन युनिभर्सिटीबाट कानुन पढेका मानव अधिकार अधिवक्ता हुन् ।
शुक्रवार एक अन्तर्वार्तामा उनले जोइन्ट लिस्टले नेतन्याहुलाई सत्ताबाट हटाउन अन्य विपक्षी दलहरूसँग सहकार्य गर्ने आशा राखेको बताए ।
‘नेतन्याहु, बेन गिर र स्मोट्रिचका वर्षहरू भयानक रहेका छन्,’ दुई दक्षिणपन्थी सरकारी मन्त्रीहरूतर्फ सङ्केत गर्दै उनले भने । ‘त्यसैले हाम्रो मुख्य प्राथमिकता उनीहरूको सरकारबाट मुक्ति पाउनु हो ।’
बलाद
बलाद एक प्यालेस्टिनी राष्ट्रवादी पार्टी हो । पार्टीको एक्रोनिमको पूरा रूप ‘नेसनल डेमोक्रेटिक एसेम्ब्ली’ हुन्छ । सन् १९९० को दशकको मध्यतिर स्थापित यस पार्टीले इजरायल ‘आफ्ना सबै नागरिकहरूको राज्य’ बन्नुपर्ने कु राआमा जोड दिँदै आएको छ । जुन अडान धेरै इजरायलीहरूका लागि पूर्ण रूपमा अस्वीकार्य छ, जसले यो कदमले इजरायलको यहूदी पहिचान र चरित्रलाई कमजोर पार्न खोज्छ भन्ने ठान्दछन् ।
बलादका धेरै पोजिसन्स हदाशका पोजिसन्ससँग मिल्दाजुल्दा छन् । यसले पनि इजरायल सन् १९६७ अगाडीको बोर्डरमा फर्किनुपर्ने र अरब नागरिकहरूलाई नेसनल माइनोरिटीका रूपमा मान्यता दिनुपर्ने माग गर्दछ ।
बलादका अधिकारीहरूले अरब नागरिकहरूलाई आफ्नै करिकुलम विकास गर्ने क्षमतासहित उनीहरूको एजुकेसनल सिस्टममा अटोनोमी हुनुपर्ने बताएका छन् ।
बलादका सांसदहरू कहिलेकाहीँ इजरायली अधिकारीहरूसँगको कानुनी तथा राजनीतिक विवादमा जेलिएका छन् । सन् २००७ मा, पार्टीका एक संस्थापक आज्मी बिशारा माथि इजरायली अधिकारीहरूले इरान-समर्थित सशस्त्र समूह हिजबुल्लाहका लागि जासुसी गरेको आरोप लगाएका थिए । उनले कुनै पनि गलत काम नगरेको भन्दै आरोपको खण्डन गरे । त्यसयता उनी कतारमा छन्, जहाँ उनी ‘अरब इन्स्टिच्युट फर पोलिसी एन्ड रिसर्च स्टडिज’ का डाइरेक्टर जनरलका रूपमा कार्यरत छन् ।
बलादकी अर्की पूर्व सांसद हानिन जुआबीलाई गाजाको समुद्री ब्लकेड तोड्ने प्रयास गर्दा इजरायली कमान्डोले छापा मारेको एक टर्किस फ्लोटिला (समुद्री जहाज) मा सवार भएपछि सन् २०११ मा नेसेटको बहसमा भाग लिनबाट अस्थायी रूपमा रोक लगाइएको थियो । र, बलादका वर्तमान अध्यक्ष सामी अबु शहादेहले अक्टोबर ७ को आक्रमणलाई ‘सैन्य दृष्टिकोणबाट एक महत्त्वपूर्ण ऐतिहासिक घटना’ भनी विवरण लेखेपछि कडा छानबिन र आलोचनाको सामना गर्नु परेको थियो ।
इजरायली सुप्रिम कोर्टले उनलाई संसद्मा उम्मेदवार हुनबाट अयोग्य ठहर गर्नेबारे छलफल गरेपछि उनले पछि उक्त आक्रमणको भर्त्सना गरे । अदालतको दबाब र सुझावपछि, उनले यस निर्वाचनमा बलादको क्यान्डिडेट लिस्टबाट आफ्नो नाम फिर्ता लिए ।
ताल
ताल अहमद टिबीको नेतृत्वमा रहेको एक अरब पार्टी हो, जसले २५ वर्षभन्दा बढी समयदेखि नेसेट (इजरायली संसद्) मा सेवा गरिसकेका छन् । पार्टीको नाम एक एक्रोनिम हो, जसको अर्थ ‘अरब मुभमेन्ट फर चेन्ज’ हुन्छ ।
सन् १९९० को दशकको मध्यतिर ‘ताल’ पार्टी स्थापना गरेका टिबीले लामो समयदेखि एक स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना र सन् १९६७ पूर्वको बोर्डरमा इजरायली फिर्ताको समर्थन व्यक्त गर्दै आएका छन् । अन्य अरब दलहरू झैँ, उनले पनि इजरायलका अरब समुदायहरूमा व्याप्त अपराध समाधानका उपायहरूको वकालत गरेका छन् ।
सन् १९९० को दशकमा, उनले प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) का नेता यासिर अराफातको एड्भाइजरका रूपमा काम गरेका थिए ।
सन् १९९९ मा नेसेटमा प्रवेश गरेपछि, टिबीले द टाइम्ससँग इजरायलप्रति वफादारीको शपथ लिनुको जटिलताबारे कुरा गरेका थिए । ‘म यससँग समायोजन हुन सक्छु,’ उनले भनेका थिए । ‘मैले राज्यको जियोनिज्मप्रति वफादारीको शपथ लिएको होइन, तर इजरायल राज्यप्रति लिएको हो जसलाई म एक नागरिकका रूपमा मेरो आफ्नै भएको हेर्न चाहन्छु ।’
अक्टोबर ७ को आक्रमणको लगत्तै, उनले अरब नागरिकहरू सर्वसाधारणलाई निशाना बनाउने कार्यको विरुद्धमा रहेको बताएका थिए ।
बुधवार, उनले जोइन्ट लिस्ट ‘नेतन्याहुको सरकारलाई ढाल्नका लागि जे जस्तोसुकै अप्ठ्यारो सर्तहरू स्वीकार गर्न पनि तयार रहेको’ बताए ।
राआम ( युनाइटेड अरब लिस्ट)
‘राआम’ रूढिवादी इस्लामी पार्टी हो । मन्सुर अब्बासले यस पार्टीको नेतृत्व गर्छन् र इजरायली राजनीतिमा अझ प्रभावशाली भूमिका खेल्नका लागि यसका प्रयासहरूको नेतृत्व गरेका छन् ।
सन् २०२१ मा, राम सत्तारूढ गठबन्धनको सदस्य बन्यो-जो इजरायली राजनीतिमा मुख्यधाराको अरब पार्टीका लागि ऐतिहासिक क्षण थियो । अब्बासले यस निर्णयका लागि चर्को आलोचनाको सामना गर्नुपर्यो । तर उनले निर्णय प्रक्रियामा प्रत्यक्ष भूमिका खेल्ने आह्वानलाई निरन्तरता दिएका छन्, चाहे अरब नागरिकहरूका लागि आपत्तिजनक नीतिहरूको अपजस वा जिम्मेवारी आफैँले बोक्नु नै किन नपरोस्।
‘हामी मूल्य चुकाउन तयार छौँ,’ पछिल्लो निर्वाचन अभियानका क्रममा उनले द टाइम्ससँग भनेका थिए।
राआमको स्थापना सन् १९९६ मा इजरायलको इस्लामिक मुभमेन्टको एक शाखाद्वारा भएको थियो, जसले मुस्लिम पहिचानलाई सुदृढ गर्न र देशको अरब माइनोरिटीलाई सशक्त बनाउन काम गर्दछ ।
अगस्टमा, अब्बास र पूर्व प्रहरी कमान्डर एवं अनुभवी जियोनिस्ट राजनीतिज्ञ योआभ सेगालोभित्जले घोषणा गरे कि सेगालोभित्ज राआमको क्यान्डिडेट लिस्टबाट नेसेट (संसद्) को चुनाव लड्नेछन् । उनीहरूले आफूलाई यहूदी-अरब पार्टनरसिपको एक उदाहरणका रूपमा प्रस्तुत गरे ।
“साझेदारीसँग डराउने मानिसहरू यहाँ छन्,” श्री अब्बासले भने। “साझेदारीसँग डराउने राजनीतिक दलहरू छन्। उनीहरू मानिसहरूले के भन्छन् भनेर डराउँछन्, आफूले के गुमाउनुपर्छ भनेर डराउँछन्। राम साझेदारीसँग डराउँदैन। राम यसलाई अघि बढाउँछ।”
प्रतिक्रिया 4