News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएल तेस्रो सिजनमा चितवन राइनोजका रवि बोपारा सुदूरपश्चिमविरुद्ध १ रनले अर्धशतकबाट चुकेर ४९ रनमा आउट भए ।
- टीयू अन्तर्राष्ट्रिय मैदानमा चौथो नम्बरमा ब्याटिङ गरेका बोपाराले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
- यसअघि विराटनगर किंग्सविरुद्ध पहिलो खेलमा चितवनका कप्तान बोपाराले अविजित ३२ रन बनाएका थिए ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजका रवि बोपारा सुदूरपश्चिम विरुद्ध अर्धशतक प्रहार गर्न एक रनले चुकेका छन् ।
टीयू अन्तर्राष्ट्रिय मैदानमा अहिले भइरहेको खेलमा चौथो नम्बरमा ब्याटिङ गरेका बोपाराले ४१ बलमा ३ चौका र २ छक्का मदतमा ४९ रन बनाएर आउट भए । अर्धशतकका लागि १ रन आवश्यक भएका बेला ठूलो सट प्रहार गर्ने चक्करमा बोपारा आउट भए ।
यसअघि विराटनगर किंग्स विरुद्ध पहिलो खेलमा चितवनको कप्तानी गरेका उनले अविजित ३२ रन बनाएका थिए ।
प्रतिक्रिया 4