+
+
Shares

वैकल्पिक विकास वित्त कोष सीईओ पदकाे सर्टलिस्टमा ६ जना

नाम स्वीकृत भएर सर्टलिस्टमा परेकामा अपार न्यौपाने, आशुतोष शर्मा, चन्दनकुमार घोष, रामकृष्ण खतिवडा, सुभाष थापा र स्मृति शर्मा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले वैकल्पिक विकास वित्त कोषको सीईओ पदका लागि ६ जनालाई सर्टलिस्ट गर्दै ५ र ६ मंसिरमा प्रस्तुति र अन्तर्वार्तामा बोलाएको छ ।
  • अर्थ मन्त्रालयका अनुसार एक दर्जन आवेदनमध्ये तोकिए अनुसार कागजात नपुगेका ७ जनाको नाम अस्वीकृत भएको छ ।
  • सर्टलिस्टमा अपार न्यौपाने, आशुतोष शर्मा, चन्दनकुमार घोष, रामकृष्ण खतिवडा, सुभाष थापा र स्मृति शर्मा परेका छन् ।

१७ कात्तिक, काठमाडौं । सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जनाको नाम सर्टलिस्टमा राख्दै कार्ययोजना प्रस्तुति र अन्तर्वार्तामा बोलाएको छ ।

अर्थ मन्त्रालयका अनुसार कोषको सीईओ पदमा एक दर्जन आवेदन परेको थियो । जसमध्ये ७ जनाको नाम अस्वीकृत भएको छ । तोकिए अनुसार कागजात प्राप्त नभएका आवेदकको नाम अस्वीकृत भएको मन्त्रालयले जनाएको छ ।

नाम स्वीकृत भएर सर्टलिस्टमा परेकामा अपार न्यौपाने, आशुतोष शर्मा, चन्दनकुमार घोष, रामकृष्ण खतिवडा, सुभाष थापा र स्मृति शर्मा छन् ।

उनीहरूबाट व्यावसायिक रणनीति तथा कार्ययोजनाको प्रस्तुति र त्यसउपर रणनीतिक छलफल गरिने छ । साथै, उनीहरूको अन्तर्वार्ता समेत हुनेछ । यसका लागि ५ र ६ मंसिर तय गरिएको छ । यस्तो छलफल र अन्तर्वार्ता लोकसेवा आयोगको कार्यालयमा हुने छ ।

आवेदन दिएकामध्ये दिप्त साह, ऋतु प्रधान, सुमनकुमार वैद्य, प्रबुद्ध दाहाल, डा. होमनाथ गैरे, दिनेश दुलाल र दीलिपराज पौडेलको नाम भने अस्वीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?