+
+
Shares

आवश्यकता अनुसार स्वास्थ्य संस्थामा अस्थायी दरबन्दी थप्दैछौं :  मुख्यमन्त्री थापामगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् ।   

रासस रासस
२०८३ कात्तिक १७ गते १४:२५

१७ कात्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज हेटौंडामा आयोजित आर्थिक वर्ष २०८२ र ०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्पन्न भइसकेकाले आवश्यकताका आधारमा कर्मचारी व्यवस्थापन गरिने बताए ।

मुख्यमन्त्री थापा मगरले प्रदेशका अस्पताल, जनस्वास्थ्य कार्यालय तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पर्याप्त जनशक्ति उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै अस्थायी दरबन्दी थपेर सेवा प्रवाहलाई सहज बनाइने बताए ।

उनले प्रदेशको कुल बजेटको चार दशमलव पाँच प्रतिशत मात्र स्वास्थ्य मन्त्रालयमा विनियोजन भएको उल्लेख गर्दै सीमित बजेटबाट १३ प्रादेशिक अस्पताल, १३ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र १३ जनस्वास्थ्य कार्यालयलगायत निकाय सञ्चालन गर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

मुख्यमन्त्री थापा मगरले प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार भइरहेको उल्लेख गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगसम्बन्धी सेवा सञ्चालनका लागि क्याथल्याब स्थापना गर्न बजेट विनियोजन गरिएको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?