+
+
Shares

बढ्यो सेयर बजार, कारोबार घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार नेप्से ६.६२ अंक बढेर २६६४ मा पुगेको छ, अघिल्लो दिनको ३२.६५ अंकको गिरावटपछि बजार हरियो बनेको हो।
  • आज कारोबार रकम ७ अर्ब १८ करोडबाट घटेर ५ अर्ब ६५ करोडमा झरेको छ, १४३ कम्पनीको मूल्य बढ्दा १२२ को घटेको छ।
  • होटल तथा पर्यटन समूह १.०७ प्रतिशत बढ्यो, शिखर पावर ५.९४ प्रतिशतले उकालो लाग्यो र बेनी हाइड्रोको मूल्य ५.०४ प्रतिशत घट्यो।

१७ कात्तिक, काठमाडौं । अघिल्लो दिन ३२.६५ अंक घटेको सेयर बजार मंगलबार ६.६२ अंक बढेको छ । कारोबारका क्रममा धेरैजसो समय रातो अंकमा रहेको बजार अन्ततः बन्द हुँदा हरियो हुन पुग्यो ।

आजको कारोबारपछि बजार परिसूचक नेप्से २६६४ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोडको भयो ।

आज १४३ कम्पनीको मूल्य बढ्यो भने १२२ को घट्यो । त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०७ प्रतिशत बढ्यो । अक्टोबर महिनामा नेपाल भित्रिने पर्यटक संख्या बढेसँगै यो क्षेत्रमा आज सकारात्मक प्रभाव देखियो ।

त्यस्तै बैंकिङ ०.५२, विकास बैंक ०.०६, जलविद्युत् ०.३१, जीवन बीमा ०.०९, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.१० तथा व्यापार ०.१५ प्रतिशत बढे ।
फाइनान्स ०.०१, लगानी ०.०४, उत्पादन तथा प्रशोधन ०.०६ र अन्य ०.०२ प्रतिशत घटे ।

शिखर पावरको मूल्य सबैभन्दा धेरै ५.९४ प्रतिशत बढ्यो । रिभर फल्स पावरको ५.८०, त्रिशूली जलविद्युतको ३.७७, एनआईसी एसिया बैंकको ३.२३, सानीगढ हाइड्रोको ३.०७ प्रतिशत मूल्य बढ्यो ।

अघिल्लो दिनसम्म १५ प्रतिशत मूल्य बढ्दै आएको हालै सूचीकृत बेनी हाइड्रोको मूल्य आज सबैभन्दा धेरै ५.०४ प्रतिशत घट्यो । चिरख्वा हाइड्रोपावरको ४३.९४, युनिभर्सल पावरको २.३३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा ग्लोबल आईएमई बैंक, बुटवल पावर, कुमारी बैंक, सोल्टी होटल, सानिमा मिडिल तमोर, लक्ष्मी सनराइज बैंक, घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?