+
+
Shares

कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक ‘कुकुर तिहार रील प्रतियोगिता–२०८२’ आयोजना गर्ने घोषणा गरेको छ ।
  • प्रतियोगितामा सर्वोत्कृष्ट रीललाई एक लाख रुपैयाँ पुरस्कार दिइनेछ ।
  • प्रतियोगितामा सहभागीले कुकुर तिहारसम्बन्धी मौलिक र रचनात्मक भिडियो फेसबुक वा इन्स्टाग्राममा पोस्ट गरी गुगल ड्राइभ लिंक photonepa@ntb.org.np मा पठाउनुपर्नेछ ।

तपाईं कुकुरलाई माया गर्नुहुन्छ ? कुकुरको भावना बुझ्नुहुन्छ ? कुकुरको बारेमा जानकारी राख्नुहुन्छ ? त्यसो हो भने तपाईंका लागि एउटा अवसर छ-  कुकुर तिहारको बारेमा राम्रो रील बनाउने ।

तपाईंले बनाएको रील सर्वोत्कृष्ट ठहरिएमा एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ ।

यसरी कुकुरको सर्वोत्कृष्ट रीललाई सरकारले पुरस्कृत गर्न लागेको हो । किनकि नेपाल पर्यटन बोर्डले पहिलो पटक ‘कुकुर तिहार रील प्रतियोगिता–२०८२’ आयोजना गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो अवधारणा अनुरुप यो प्रतियोगिताको मेलोमेसो मिलाएको हो ।

‘यस कुकुर तिहारमा हाम्रा अबोध साथीहरूको निःस्वार्थ प्रेम, वफादारी र साथको उत्सव मनाऔँ’ भन्दै प्रतियोगिताका लागि आह्वान गरिएको छ । यसका लागि कुकुर तिहारमा यी प्यारा साथीसँगका रमाइला पलहरूको कथावाचनसहित भिडियो बनाउनुपर्नेछ ।

नेपालको मौलिक कला, संस्कृति, परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने श्रृंखलाअन्तर्गत यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको हो । कुकुरलाई विशेष  पूजाआजा गर्ने यो  नेपालको मौलिक र पृथक प्रचलन हो ।

विशेष गरी कुकुर तिहारको महत्व, मान्छे र कुकुरबीचको घनिष्ठतालाई डिजिटल सामग्रीको माध्यमबाट विश्वभर चिनाउने उद्देश्य राखिएको छ ।

कसरी सहभागी हुने ?

यदि तपाईं इच्छुक हुनुहुन्छ भने तपाईंले कुकुर तिहारसँग सम्बन्धित भिडियो बनाउनुपर्नेछ । यो भिडियो तपाईंको मौलिक हुनुपर्नेछ । साथसाथै रचनात्मक पनि । सो भिडियो रील तयार गरी आफ्नो फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्नुपर्नेछ । पोस्टसँगै अंग्रेजीमा #NepalTourism, #KukurTihar लेखेर ह्यास्ट्याग गर्नुपर्नेछ ।

यदि इन्स्टाग्राममा पोस्ट गर्नुभएको छ भने @nepaltourism लाई ट्याग गर्नुपर्नेछ । फेसबुकमा हो भने नेपाल पर्यटन बोर्डको आधिकारिक पेसमा ट्याग गर्नुपर्नेछ ।

अंग्रेजी भाषाको प्रयोग

प्रतियोगिताका लागि तयार पारिएको रील अंग्रेजी भाषामा हुनुपर्ने बताइएको छ । यसमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ ।

कहाँ पठाउने ?

तयार गरी सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोको गुगल ड्राइभ लिंक photonepa@ntb.org.np मा इमेल पठाउनुपर्नेछ । यसरी पठाउँदा डाउनलोड गर्न र हेर्न मिल्ने अनुमति प्रदान गरिदिनुपर्नेछ ।

कहिलेसम्म पठाउने ?

सन २०२६ नोभेम्बर २१ सम्ममा सहभागी हुन चाहनेले भिडियो पठाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?