News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्यसचिव नियुक्त गरेको छ ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण र व्यवस्थापन प्रभावकारी बनाउन पाण्डेलाई जिम्मेवारी दिइएको जनाएको छ ।
- पाण्डेले काठमाडौं महानगरपालिका, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए ।
१७ कात्तिक, काठमाडौं । सरकारले इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्यसचिव नियुक्त गरेको छ ।
सरकारले लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापन थप प्रभावकारी बनाउने उद्देश्य सहित पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
पाण्डे संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका इन्जिनियर हुन् । उनले सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवनसंहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्यांकन क्षेत्रमा काम गर्दै आएका छन् ।
पाण्डेले काठमाडौं महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । त्यसअघि उनले रुपन्देही तिलोत्तमा नगरपालिकामा सन् २०२० देखि २०२२ सम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए ।
त्यस्तै उनले सन् २०१७ देखि २०१९ सम्म बुटवल उपमहानगरपालिकामा पनि संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । निजी क्षेत्रतर्फ भिजनरी डिजाइन प्रालिमा काम गरेका उनले विभिन्न स्थानमा ‘पैदलयात्री पुल’ को संरचनागत डिजाइन तथा विस्तृत प्राविधिक अध्ययन गरेको अनुभव बटुलेका छन् ।
पाण्डेले काठमाडौंस्थित एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सन् २०११ मा सिभिल इन्जिनियरिङमा स्नातक गरे । त्यसपछि भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट सन् २०१६ मा स्ट्रक्चरल इन्जिनियरिङमा एमटेक गरे ।
उनले नेपाल राष्ट्रिय भवनसंहिताको समीक्षा प्रक्रियामा समेत योगदान दिएका छन् । सन् २०२४ मा स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपालको भवनसंहिता समीक्षा समितिमा सक्रिय योगदान गरेका थिए ।
प्रतिक्रिया 4