News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि १८ कात्तिकमा काठमाडौं आइपुगेका छन् ।
- प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारीका सिलसिलामा भएको यो भ्रमणमा मिश्रीले आजैदेखि भेटघाट सुरू गर्ने कार्यक्रम छ ।
- कार्यक्रम तालिकाअनुसार उनले प्रधानमन्त्री बालेन शाहसँग पनि भेट्नेछन् र भोलि नयाँदिल्ली फर्किनेछन् ।
१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत भएको हो ।
स्रोतका अनुसार उनले आजैबाट भेटघाट थाल्ने छन् । कार्यक्रम तालिकामा उनले प्रधानमन्त्री शाहसँग पनि भेट्ने उल्लेख छ ।
भारतीय विदेश सचिव मिश्री काठमाडौंबाट भोलि नै नयाँदिल्ली फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया 4