१८ कात्तिक, काठमाडौं । जलन उपचार सेवालाई विस्तार तथा गुणस्तरीय बनाउन आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम प्रदान गरिएको छ ।
सरकारको १०० दिने कार्यसूचीमा प्राथमिकतामा रहेको जलन उपचार सेवाको सुदृढीकरण गर्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा सञ्चालन गरेको ३० कार्यदिन अवधिको तालिमको पहिलो पाइलटिङ ब्याच सम्पन्न भएको स्वास्थ्य मन्त्रालय जनाएको छ ।
तालिम २०८३ असोज ७ देखि ३० गतेसम्म पहिलो चरण र कात्तिक ९ देखि १८ गतेसम्म दोस्रो चरण गरी दुई चरणमा सञ्चालन गरिएको थियो ।
विषयविज्ञ डा. शंकरमान राईको नेतृत्वमा सम्पन्न तालिममा नारायणी अस्पताल, वीरगञ्ज र प्रदेश अस्पताल, कर्णाली प्रदेश, सुर्खेतका चार/चार जना गरी आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए ।
बुधबार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक प्रकाशप्रसाद शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरिएको छ ।
नेपाल सरकारको जलन उपचारसम्बन्धी मानक उपचार कार्यविधिअनुसार लेभल ३ को जलन उपचार सेवा सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा तालिमले सहयोग पु¥याउने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4