+
+
Shares

आधारभूत तहका प्रहरीको गुनासो सुन्न संयन्त्र बनाइन्छ : नवनियुक्त आईजीपी केसी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त आईजीपी डा. मनोज कुमार केसीले आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सुन्न सचिवालयमा संयन्त्र बनाइने बताएका छन्।
  • केसीले नागरिकले प्रहरी देख्दा डर होइन भरोसा महसुस हुने वातावरण बनाउनुपर्ने र भ्रामक सूचना, डिपफेक, अनलाइन ठगी, क्रिप्टो करेन्सी तथा वैदेशिक रोजगारी ठगी चुनौती भएको बताए।
  • उनले सरुवा–बढुवामा प्रणाली बसाल्ने, दलिय प्रभावबाट मुक्त रहने र संविधान तथा कानूनप्रति अविचलित रहँदै संगठनको मर्यादा र निष्पक्षतामा सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे।

१८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले आधारभूत तहका प्रहरी कर्मचारी (कार्यालय सहयोगीदेखि बरिष्ठ हवल्दारसम्म)को गुनासो सुन्न संयन्त्र बनाइने बताएका छन् ।

गृहमन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यालयमा फुली लगाइसकेपछि सम्बोधन गर्दै केसीले उक्त कुरा बताएका हुन् । ‘आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सुन्न तत्काल संयन्त्र सञ्चालन गर्नेछौं । सचिवालयमा त्यो संयन्त्र बनाइन्छ’ केसीले भने ।

त्यस्तै नागरिकले प्रहरी देख्दा डर होइन भरोसा महसुस बनाउने पनि उनले बताएका छन् । भ्रामक सूचना, डिपफेक, अनलाइन ठगी, क्रिप्टो करेन्सी, वैदेशिक रोगजार ठगी अहिलेको चुनौती रहेको पनि उनले औंल्याए ।

नेपाल प्रहरी र नागरिकबीचको सम्बन्ध र विगतका घटनाहरुबाट बल प्रयोगबारे पनि धेरै पाठ सिकेको पनि डा. केसीले बताए । सरुवा–बढुवामा पनि सिस्टम बसालेर काम गर्नुपर्ने अवस्था रहेको उनले औंल्याएका छन् ।

अहिलेको यो चुनौतीलाई आफूले अवसरलाई ग्रहण गरेको बताउँदै केसीले भने, ‘आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सम्बोधन गर्नुपर्ने अवस्था छ । जुनियर र सिनियर प्रहरीलाई पनि अकाउन्टेबल बनाउनुपर्ने अवस्था छ ।’

प्रहरी सेवा अन्य पक्षसँग पनि सम्बन्धीत रहेको बताउँदै आईजीपी केसीले दलिय प्रभावबाट मुक्त हुन सहयोगको समेत अपेक्षा गरेका छन् । संविधान र कानून प्रति अविचलित नरही संगठनको मयार्दा र निपक्षतामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि केसीले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?