+
+
Shares

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी नियुक्त

सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृत(सीईओ)मा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते २१:०८

१८ कात्तिक, काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृत(सीईओ)मा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा उहाँलाई सो पदमा नियुक्त गरेको हो ।

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।

यस्तै उनले संस्थाको गरिमा र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध हुन भण्डारीलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?