+
+
Shares

साइबर ब्यूरोले मलाई खोज्दैछ, सत्तासँग डराइन्न :  सहमहामन्त्री शिवाकोटी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १०:४३

१९ कात्तिक, काठमाडौं । कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई प्रहरीको साइबर ब्युरोले उपस्थित हुन निर्देशन दिएको छ । शिवाकोटीले साथी मार्फत् आफूलाई प्रहरीले सन्देश पठाएको जानकारी दिए । उनले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर  बोलाइएको हो ।

 ‘म केही दिन धार्मिक यात्रामा भातरतर्फ गएको थिएँ । अहिले इलाम आइपुगेको छु । मेरो फोन नलगेका कारण निकट साथीलाई म्यासेज पठाएर मलाई उपस्थित गराइदिनु भनेको रहेछ‘ सहमहामन्त्री शिवाकोटीले अनलाइनखबरसँग भने,’तर्साउन खोजेको होला । सत्तासँग डराइन्न  ।’ उनले पत्रकार रोशन खड्काले उजुरी दिएको भन्ने सूचना आफूलाई आएको जानकारी दिए ।

 उनले  काठमाडौं  आएपछि यो विषय कसरी अघि बढ्छ त्यसको आधारमा अघि बढ्ने बताए । आजै सभापति गगनकुमार थापाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?