+

पोखरा ११ बन्यो नागार्जुन भेट्रान्स फुटबलको च्याम्पियन

२०८३ कात्तिक  २० गते २३:३८ २०८३ कात्तिक २० गते २३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा ११ ले शुक्रबार मध्यपुर थिमि मैदानमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले हराउँदै तेस्रो नागार्जुन भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जित्यो।
  • पोखराका डेनिम राई, सुवीनकुमार श्रेष्ठ, सुरेन्द्र तामाङ र गंगाबहादुर तामाङले गोल गरेपछि टोलीले आठ लाख रुपैयाँ पुरस्कार पायो।
  • पोखराका गोविन्दबहादुर थापा सर्वोत्कृष्ट खेलाडी चुनिए, जबकि विभिन्न व्यक्तिगत विधाका विजेताले जनही १० हजार रुपैयाँ पुरस्कार पाए।

२० कात्तिक, काठमाडौं । पोखरा ११ ले तेस्रो नागार्जुन भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार मध्यपुर थिमि मैदानमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० गोलले पराजित गर्दै पोखरा च्याम्पियन बनेको हो।

पोखराको जितमा डेनिम राई, सुवीनकुमार श्रेष्ठ र सुरेन्द्र तामाङले पहिलो हाफमा गोल गरे। दोस्रो हाफमा गंगाबहादुर तामाङले थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

उपाधिसँगै पोखराले आठ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता आर्मीले पाँच लाख रुपैयाँमा चित्त बुझायो।

पोखराका मिडफिल्डर गोविन्दबहादुर थापा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले पुरस्कारस्वरूप एक थान स्कुटर प्राप्त गरे।

व्यक्तिगत विधातर्फ पोखराका योगेन थकाली उत्कृष्ट प्रशिक्षक र सुरेन्द्रबहादुर तामाङ उत्कृष्ट फरवार्ड घोषित भए। त्यस्तै, सानोगौचरण नाइट किंग्स क्लबका शम्भु श्रेष्ठ उत्कृष्ट गोलकिपर, आर्मीका चुनबहादुर थापा उत्कृष्ट डिफेन्डर र राजु तामाङ उत्कृष्ट मिडफिल्डर चुनिए। उनीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार पाए।

धरान सिटी एफसीले फेयर प्ले अवार्ड प्राप्त गर्‍यो। प्रतियोगितामा सहभागीमध्ये सबैभन्दा बढी उमेरका खेलाडी थासाङ स्पोर्ट्स क्लबका ७३ वर्षीय डाक्टर कृष्ण भट्टचनलाई पनि सम्मान गरिएको थियो।

समापन समारोहमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष कृष्णहरि आचार्य, वडा नम्बर २ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा तथा राष्ट्रिय टोलीका पूर्वखेलाडी विज्ञानराज शर्मा र उपेन्द्रमान सिंहलगायतको उपस्थिति थियो।

नागार्जुन भेट्रान्स फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय