+

इन्डिया फाइट लिगमा नेपाली एमएमए फाइटर कोसिसको सानदार जित

२०८३ कात्तिक  २१ गते ११:५४ २०८३ कात्तिक २१ गते ११:५४

६ असार, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस श्रेष्ठले भारतमा भएको इन्डिया फाइट लिग (आईएफएल) मा सानदार जित हात पारेका छन् ।

कोसिसले मोहद सैफलाई पहिलो राउण्डमै टेक्निकल नकआउटका आधारमा पराजित गरेका हुन् ।

‘दी अनस्टपेबल’ निकनेमले परिचित कोसिससले दिल्ली फ्रेन्चाइजको प्रतिनिधित्व गर्दै खेलिरहेका छन् ।

फ्रेन्चाइज बेस्ड मिक्स मार्सल आर्ट्स कम्पिटेसन (आईएफएल) मा  ६ टिमका ७२ फाइटरहरुले प्रतिस्पर्धा गर्छन् । आइएफएल युएफसी फाइट पासको रुपमा रहेको छ ।

क्रिकेटको आइपीएल र कबड्डीको प्रो कबड्डी शेलीमै यो एमएमए लिग आयोजना भइरहेको छ ।

पछिल्लो समयमा नेपालमा एमएमएको चर्चा बढिरहेको छ । आइएफएलमा कोसिसको सहभागिताले नेपाली एमएमएको बढ्दो चर्चालाई अझ व्यापक बनाएको छ ।

कोसिसले यसअघि श्रीलंकामा कर्मा फाइट लिग समेत खेलिसकेका छन् ।

इन्डिया फाइट लिग कोसिस श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय