+

शाकिब अल हसनले एनपीएलका बाँकी खेल नखेल्ने

२०८३ कात्तिक  २१ गते १६:२८ २०८३ कात्तिक २१ गते १६:२८

२१ कात्तिक, काठमाडौं । बंगलादेशका स्टार अलराउन्डर शाकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका बाँकी खेल नखेल्ने भएका छन्।

पोखरा एभेन्जर्स र शाकिबबीच आपसी छलफलपछि उनले प्रतियोगिताका बाँकी खेलमा सहभागी नहुने निर्णय भएको हो। पोखराको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेपछि दुवै पक्षबीच छलफल भएको बताइएको छ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार शाकिब अब यूएईमा आयोजना हुने टी-१० लिग खेल्न जानेछन्।

शुक्रबार चितवन राइनोजविरुद्धको खेलमा शाकिब मैदान उत्रने अपेक्षा गरिएको थियो। तर, उनी ढिलो गरी काठमाडौं आइपुगेपछि उक्त खेलमा सहभागी भएनन्। अब पोखराले खेल्ने बाँकी खेलमा पनि उनी उपलब्ध हुने छैनन्।

पोखराका अर्का बंगलादेशी खेलाडी मोहम्मद सैफुद्दिन पनि बंगलादेश ‘ए’ टोलीमा परेपछि स्वदेश फर्किसकेका छन्।

पोखरा एभेन्जर्स शाकिब अल हसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय