२१ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजका डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुका लागि वार्नरले ३३ बलमा ८ चौका १ छक्का प्रहार गर्दै ५२ रन बनाएका हुन् ।
वार्नर र साहिल पटेलले पहिलो विकेटका लागि उत्कृष्ट साझेदारी गरिरहेका छन् ।
पहिलो पटक एनपीएल खेलिरहेको वार्नरले काठमान्डुका लागि तेस्रो खेलमा आएर अर्धशतक प्रहार गरेका हुन् ।
१० ओभरको खेल सकिँदा वार्नर र साहिल पटेलले ९० रनको साझेदारी गरेका छन् । काठमान्डुले कुनै विकेट गुमाएको छैन ।
प्रतिक्रिया 4