+
एनपीएल :

वार्नरको अर्धशतकमा काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

२०८३ कात्तिक  २१ गते १८:४१ २०८३ कात्तिक २१ गते १८:४१

लुम्बिनीका बलरले कमब्याक गरेपछि आक्रमक सुरुवात गरेको काठमान्डु १६० रनमा समेटियो

२१ कात्तिक, काठमाडौं । डेभिड वार्नरको अर्धशतक मदतमा काठमान्डुले नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार साविक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ ।

पहिलो विकेटका लागि वार्नरले साहिल पटेलसँग शतकिय साझेदारी गर्दै सानदार सुरुवात दिलाएपनि मिडल अर्डर र लोअर अर्डरले कमजोर ब्याटिङ गरेपछि काठमान्डुले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको हो ।

काठमान्डुका लागि अष्ट्रेलियन महान ब्याटर वार्नरले सर्वाधिक ६६ रन बनाए । ५० बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे । विकेटकिपर पटेलले ३६ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३८ रन बनाए । सहान अराचिगेले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी अविजित ३४ रन बनाए ।

१२ ओभरमा कुनै विकेट नगुमाई १०० रन पूरा गरेको काठमान्डुका लागि वार्नर र पटेलले पहिलो विकेमा १०४ रन साझेदारी गरेका थिए । तर १४औं ओभरमा पटेल आउट भएपछि काठमान्डुको रन गति रोकियो ।

१६औं ओभरको पाँचौ बलमा शेर मल्लले वार्नरलाई सन्दिप जोराबाट क्याचआउट गराएपछि काठमान्डुले दोस्रो विकेट गुमायो । त्यसपछि भने लुम्बिनीका बलरले काठमान्डुको ब्याटिङ लाइन ध्वस्त बनाए ।

अभिशेष गौतमले १७औं ओभरको सुरुवाती दुई बलमा कप्तान करण केसी र विलियम बोसिस्टोलाई आउट गरे । करणले ९ रन बनाए । बोसिस्टोले खाता खोल्न सकेनन् । रसिद खान १, जहान्दन खान ६, मोहम्मद आदिल आलम १ र सन्तोष यादव २ रनमा आउट भए ।

बलिङमा लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, शेर मल्ल र अभिशेष गौतमले २-२ विकेट लिए । अभिशेषले ४ ओभरमा १५ र शेरले ४ ओभरमा १९ रन खर्चिए । ३ ओभर बलिङ गरेका ट्रम्पलम्यानले २४ रन खर्चिए ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय