२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले दीपावलीको शुभकामना दिँदै सबै भ्रष्टाचारका काण्डका फाइलहरू देखिने अपेक्षा व्यक्त गरेका छन् ।
आइतबार फेसबुकमा लेख्दै उनले यस्तो अपेक्षा व्यक्त गरेका हुन् ।
‘दीप यसरी प्रज्वलित होस् कि देशै उज्यालो होस्,’ गुरुङले लेखेका छन्, ‘उज्यालोमा विगतमा अँध्यारोमा लुकाएर राखेका सबै भ्रष्टाचारका काण्डका फाइलहरू देखियोस् ।’
काम्लो ओढेर घिउ खानेहरू जेलमा भेटिने पनि उनको अर्को अपेक्षा छ । ‘काम्लो ओढेर घिउ खानेहरू सबै जेलतिर भेटियोस् । तब न दिपावली ! दिपावलीको हार्दिक शुभकामना,’ गुरुङले अगाडि लेखेका छन् ।
प्रतिक्रिया 4