+
+
Shares

गुल्मीमा पटाका बेच्ने दुई पसल सञ्चालक पक्राउ

गुल्मीको रेसुङ्गा नगरपालिका–८ खानीगाउँबाट पटका बिक्री वितरणमा संलग्न दुई पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १६:१३

२२ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–८ खानीगाउँबाट पटका बिक्री वितरणमा संलग्न दुई पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पटका बिक्री वितरण भइरहेको सूचनाका आधारमा आइतबार बिहान प्रहरीले माइला जर्नल स्टोर र जागृती सप्लायर्समा गस्ती तथा जाँच गर्ने क्रममा विभिन्न प्रकारका पटका बरामद गरेको हो ।

प्रहरीका अनुसार माइला जर्नल स्टोरबाट मिनी बुलेट १० प्याकेट, किङकोब्रा १५ प्याकेट र थेस मिनी बुलेट १६ प्याकेट बरामद गरिएको छ ।

त्यस्तै जागृती सप्लायर्सबाट मिनी बुलेट ४ प्याकेट, किङकोब्रा ११ प्याकेट र झिरझिरे १३ वटा बरामद गरिएको छ ।

पटका बिक्री वितरणमा संलग्न रहेको आरोपमा माइला जर्नल स्टोरका सञ्चालक बारा निवासी २८ वर्षीय कृष्ण शाह र जागृती सप्लायर्सका सञ्चालक गुल्मी गुल्मीदरबार–१ निवासी २१ वर्षीय निशान्त पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?