२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् ।
रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै पारदर्शितामाथि गम्भीर प्रश्न उठ्न थालेको बताएका हुन् ।
उनले सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सरोकारवालासँगको संवाद अभावले मुलुकमा विचौलियाहरू हाबी हुने अवस्था सिर्जना भएको उल्लेख गरे ।
यस्तै उनले कार्यकारी र सरोकारवालाबीच नियमित संवाद नहुँदा विचौलियाहरूले सरकारका नाममा आफ्नो स्वार्थ पूरा गर्ने अवसर पाइरहेको बताए ।
उपसभापति आचार्यले दानबहादुर कार्कीलाई पदबाट हटाइएको विषयमा समेत सरकारले प्रष्ट पार्नुपर्ने बताए ।
अर्को प्रशंगमा उनले प्रमुख प्रतिपक्षी दल सरकारलाई आवश्यक सहयोग गर्न तयार रहे पनि सरकारले सहकार्यको वातावरण बनाउन नखोजेको आरोप लगाए ।
यस्तै, सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको टिप्पणी गर्दै आचार्यले विधायिकाको भूमिकालाई कमजोर बनाउन नहुने बताए ।
प्रतिक्रिया 4