+
+
Shares

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

सार्वजनिक रूपमा दुवै पक्षले आ-आफ्नो अडानमा कायम राखेपनि ‘गोप्य रूपमा केही लचकता’ देखाएको अमेरिकी अधिकारीको दाबी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते १४:२३

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच वर्ष पुग्नलाग्दा युद्ध अन्त्य गर्न रुस, युक्रेन र अमेरिकी अधिकारीबीच यूएईको राजधानी अबुधाबीमा उच्चस्तरीय त्रिपक्षीय वार्ता आयोजना हुँदैछ ।

यसैवर्षको फेब्रुअरीपछि यी तीन देशबीच हुन लागेको यो पहिलो प्रत्यक्ष कूटनीतिक वार्ता हो ।

वार्ताको पूर्वसन्ध्यामा अमेरिकी अधिकारीहरूले युक्रेनको पूर्वी भूभाग डोनेत्स्क क्षेत्रको नियन्त्रण कसको हातमा रहने भन्ने विषयमा रुस र युक्रेन दुवैले लचकता देखाएको दाबी गरेका छन् ।

सार्वजनिक रूपमा दुवै पक्षले आ–आफ्नो अडानमा कायम राखेपनि ‘गोप्य रूपमा केही लचकता’ देखाएको अमेरिकी अधिकारीको दाबी छ ।

अहिलेसम्म युद्ध अन्त्यका लागि दुवै पक्षबीचको मुख्य असहमति डोनेत्स्क क्षेत्रलाई लिएर छ । रुसले आफ्नो कब्जामा आउन बाँकी डोनेत्स्क क्षेत्रका भूभागहरू युक्रेनले छाड्नुपर्ने अडान राख्ने गरेको छ भने, युक्रेनले आफ्नो भविष्यको सुरक्षाका लागि ती क्षेत्रहरू अत्यावश्यक रहेको भन्दै त्यसलाई ‘कन्ट्याक्ट लाइन’का रूपमा रोकेर राख्ने अडान लिएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार डोनेत्स्क र क्षेत्रीय विवादको समाधान युद्धपछिको नयाँ ‘सेक्युरिटी आर्किटेक्चर’ स्पष्ट नभएसम्म असम्भव छ । युक्रेनका लागि यो सुरक्षा ढाँचामा भविष्यमा आक्रमण भएमा मित्रराष्ट्रहरूले रक्षा गर्ने ग्यारेन्टी समावेश हुनसक्छ ।

रुसका लागि पूर्वी युरोपबाट नेटोको उपस्थिति हटाउनु मुख्य प्राथमिकता हुनसक्ने बताइएको छ ।

अमेरिका र युरोपको चिन्ता

अबुधावीको वार्तामा ट्रम्पका ज्वाइँ ज्यारेड कुसनर र अमेरिकी शान्ति दूत स्टिभ विटकफको नेतृत्वमा अमेरिकी टोली वार्तामा सहभागी हुँदैछ ।

कुसनरले एक्समा लेख्दै यो वार्ता दुवै देशको युद्धपछिको सुरक्षा चिन्ता सम्बोधन गर्न केन्द्रित हुने बताएका छन् ।

युरोपेली संघ र नेटोसम्बद्ध देशहरूलाई यो वार्ता प्रक्रियाबाट बाहिर राखिएकामा युरोपभर चिन्ता व्यक्त गरिएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपको सुरक्षाबारे हुने जुनसुकै सार्थक छलफलमा नेटो र ईयू सदस्यहरूलाई अनिवार्य समावेश गरिनुपर्ने बताएकी छन् ।

अमेरिकी अधिकारीहरूले रुसलाई मनाएर युरोपेली राष्ट्रहरूलाई समेत बहुपक्षीय वार्तामा जोड्ने प्रयास गरिने बताएका छन् । यद्यपि रुस युरोपेली देशहरूप्रति निकै सशङ्कित रहेको छ ।

युक्रेनको चिन्ता

युक्रेनी सांसद ओलेक्सान्डर मेरेज्कोले अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेलाई छिटो सम्झौता गराउन खोजिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले प्रतिबन्ध र कडा सैन्य प्रहारबीना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्तामा ल्याउन नसकिने दाबी गरेका छन् ।

वार्ताअगाडि बढिरहँदा पनि रुसले युक्रेनका ऊर्जा पूर्वाधारहरूमा विनाशकारी बमबारी जारी राखेको छ । ज्यारेड कुसनरले अबुधाबी वार्ताले आगामी चरणको वार्ताका लागि वातावरण मात्र बनाउने भन्दै यो विवाद अत्यन्तै जटिल र कठिन रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?