+
+
Shares

एनपीएलमा आज विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते ६:४४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगमा आज कीर्तिपुरमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स खेल्दैछन्।
  • विराटनगर ५ खेलमा २ जितसहित छैटौं र पोखरा १ जितसहित पुछारमा छ।
  • आज दिउँसो साढे ४ बजे कर्णाली याक्स र लुम्बिनी लाइन्स आमनेसामने हुँदैछन्।

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।

५ खेलमध्ये २ मा जित र तीनमा हार बेहोरेको विराटनगर अंक तालिकाको छैटौं स्थानमा छ भने पोखरा अंक तालिकाको पुछारमा छ । पोखराले आफ्नो ५ खेल मध्ये एकमा मात्र जित निकालेको छ भने चार वटामा हार बेहोरेको छ ।

यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्स आमनेसामने हुन्छन् ।
यी दुई टिममा कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ भने लुम्बिनी लाइन्स अंक तालिकाको ३ तेस्रो स्थानमा छ ।

कर्णाली याक्सले ५ खेल खेलेकोमा दुई मा जित र बाँकी तीन खेल हारेको छ ।

लुम्बिनी लाइन्सले ५ खेलमध्ये तीनमा जित, एकमा हार र एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाँडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?