+
+
Shares

भीमफेदी दुर्घटना : मृतकमध्ये ५ पुरुष, ३ महिला र २ बालिका

३ पुरुष र २ बालक घाइते

बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते ९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको निधन भएको छ।
  • बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।
  • दुर्घटनामा ५ जना घाइते भएका छन् र उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको निधन भएको छ। निधन हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन्। मकवान प्रहरीका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइते हुनेमा ३ पुरुष र २ बालक छन्।

बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो। गाडीमा १५ जना सवार रहेको प्रारम्भिक अनुमान छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ।

घाइते तीन जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?