News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको तेस्रो सिजनअन्तर्गत आज पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्दैछन्, र पोखराले टस जितेर पहिले ब्याटिङ रोजेको छ।
- विराटनगरले आन्द्रे रसेल, शुभम रन्जाने र नारायण जोशीको स्थानमा इसुरु उढाना, चरिथ असालंका र प्रतिश जिसीलाई पहिलो रोजाइमा उतारेको छ।
- पोखराले विवेक राना मगर र महेदी हसनको स्थानमा सागर ढकाल र रमेश मेन्डिसलाई खेलाइरहेको छ, र उढाना तथा मेन्डिसले आज एनपीएलमा डेब्यु गर्दैछन्।
२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्दैछन्।
पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । लगातार दोस्रो डे गेममा पोखराले टस जितेर ब्याटिङ रोजेको हो ।
आजको खेलमा विराटनगरले तीन परिवर्तन गरेको छ । आन्द्रे रसेल र शुभम रन्जानेको स्थानमा इसुरु उढाना र चरिथ असालंका तथा नारायण जोशीको स्थानमा प्रतिश जिसी पहिलो रोजाइमा खेल्दैछन् ।
पोखराले पनि दुई परिवर्तन गरेको छ । विवेक राना मगरको स्थानमा सागर ढकाल र महेदी हसनको स्थानमा रमेश मेन्डिस खेल्दैछन्। आज पहिलो रोजाइमा रहेका विराटनगर उडाना र पोखराका रमेश मेन्डिसले यसै खेलबाट एनपीएलमा डेब्यु गर्दैछन् ।
प्रतिक्रिया 4